default_image

7 years ago

November 28, 2017

प्रिमियर लिगमा युनाइटेड आज वाटफोर्डसँग भिड्दै

77 views

0 Bookmark

वाटफोर्ड (एजेन्सी) – प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज वाटफोर्डको सामना गर्दै छ । वाटफोर्डको घरेलु मैदान ‘द हथर्न्स’मा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.४५ बजे सुरु हुने छ ।

Unitedयुनाइटेडले यो शनिबार ब्राइटनमाथि १-० को संघर्षपूर्ण जित हांसिल गरेको थियो । प्रशिक्षक जोसे मौरिन्होले आजको खेलमा गर्ने टोलीमा केहि परिवर्तन दिने देखिन्छ । डिफेन्डरद्वय फिल जोन्स र एरिक बाई घाइते छन् भने एन्टोनियो भ्यालेन्सियाले पनि विश्राम पाउने देखिन्छ ।

घरेलु टोलीका लागि भने ट्रोय डिनी प्रतिबन्धपछि टोलीमा फर्किँदै छन् । वाटफोर्डले आफ्ना पछिल्ला दुई खेल लगातार जितेकाले यस खेलमा पनि सो लयलाई निरन्तरता दिन खोज्ने छ ।

वाटफोर्ड हाल २१ अंकका साथ तालिकाको आठौंमा रहेको छ । म्यानचेस्टर युनाइटेड भने २९ अंकका साथ दोस्रोमा छ । वाटफोर्डविरुद्धका अघिल्ला १० खेलमा युनाइटेड ९ मा विजयी रहेको छ ।

आज प्रिमियर लिगमा खेलिने अन्य खेलहरुको तालिका:

ब्राइटन विरुद्ध क्रिस्टल प्यालेस – १.३० बजे

लेस्टर विरुद्ध टोटनह्याम – १.३० बजे

वेस्ट ब्रोम विरुद्ध न्युकासल – १.४५ बजे

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.