default_image

7 years ago

November 27, 2017

काँकरभिट्टा सेमिफाइनलमा प्रवेश

93 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काँकरभिट्टाले जारी मेची नेत्रालय गोल्डकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । स्थानीय टोलीले हिमालयन शेर्पालाई १-० ले हराएको हो ।

काँकरभिट्टाका लागि खेलको २२ औं मिनेटमा निरन्जन खड्काले प्रहार गरेको फ्रिकिक गोल निर्णायक रह्यो । अब काँकरभिट्टाले सेमिफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्ने छ ।

त्यस्तै हिजोको खेलमा त्रिभुवन आर्मीले पनि सेमिफाइनलमा आफ्नो स्थान बनाउन सफल भएको थियो । क्वाटरफाइनलमा सुदूरपश्चिमलाई पेनाल्टीमा हराउँदै आर्मीले अन्तिम ४ मा आफ्नो स्थान पक्का गरेको थियो ।

निर्धारित समय १-१ को स्कोरमा टुङ्गिएपछि खेल पेनाल्टीमा पुगेको थियो । पेनाल्टीमा भने आर्मीले ३-० ले बाजी मार्‍यो । अब आर्मीले सेमिफाइनलमा नेपाल पुलिसको सामना गर्ने छ ।

October 2, 2024

लिस्नु झरना रनिङ शिल्डको फाइनलमा

सुमन अधिकारी, बुटवल लिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङशिल्ड फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जनज्योती क्लब, डिगरनगरलाई २-० ले पराजित गर्दै लिस्नु उपाधि नजिक पुगेको हो । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा जारी प्रतियोगिता अन्तरगत कुन्जलापुरस्थित फुटबल मैदानमा बुधवार भएको खेलको ३८ औं मिनेटमा लिस्नुका सुशील राईले गोल गर्दै टोलीलाई […]

October 2, 2024

आर्सनलको अपराजित यात्रा कायमै

एजेन्सी – आर्सनलले च्याम्पियन लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । घरेलु मैदानमा मंगलवार आर्सनलले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई २- ० ले पराजित गरेको हो । आर्सनलको जितमा काई हावर्ट्ज र बुकायो साकाले समान १ गोल गरे । हावर्ट्जले २०औं मिनेटमा गोल‌ गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । साकाले ३५औं […]

October 2, 2024

बार्सिलोनाको सानदार जित

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन लिगको‌ यो सिजनमा पहिलो जित निकालेको छ । बार्सिलोनाले मंगलवार स्विस क्लब योङ ब्वाइजमाथि ५-० को प्रभावशाली जित हासिल गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा रोर्वट लेवान्डोस्कीले २, राफिन्हा र इनिगो मार्टिनेजले समान १ गोल गर्दा ब्वाइजले उपहार स्वरुप १ गोल दिएको थियो । खेलको आठौं मिनेटमा लेवान्डोस्कीले […]

Success

Thank you for your time.