7 years ago
November 27, 2017
हडर्सफिल्ड (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई २-१ ले हराएको छ । सिटीको जितमा रहिम स्टेर्लिङले निर्णायक गोल गरेका थिए ।
हडर्सफिल्डले पहिलो हाफको अन्त्यमा निकोलस ओटामेन्ड्को आत्मघाती गोलमार्फत खेलमा आश्चर्यजनक अग्रता लिएको थियो । तर दोस्रो हाफको सुरुवातमै सिटीले सर्जियो अगुएरोको पेनाल्टीमार्फत स्कोर १-१ बनाएको थियो । त्यस्तै खेलको ८४ औं मिनेटमा रहिम स्टेर्लिङले गोल गर्दै जित सुनिश्चित गरेका थिए ।
त्यस्तै अर्को बलियो टोली आर्सनलले बर्नलीलाई १-० ले हराएको थियो । इन्जुरी समयमा एलेक्सिस सान्चेजले गोल गर्दै आर्सनललाई जित दिलाएका थिए । अन्य खेलमा साउथह्याम्पटनले एभर्टनलाई ३-१ ले हरायो । साउथह्याम्प्टनका लागि स्ट्राइकर चार्ली अस्टिनले दुई गोल गरेका थिए ।
यी नतिजासँगै सिटी १३ खेलमा ३७ अंकका साथ अग्रस्थानमा यथावत् छ । सिटीको लगातार ११ खेल जितिसकेको छ र प्रतिद्वन्दि म्यानचेस्टर युनाइटेडभन्दा ८ अंकले अगाडि रहेको छ । आर्सनल पनि जितसँगै चौथो स्थानमा उक्लेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]