7 years ago
November 27, 2017
मोनाको (एजेन्सी) – फ्रान्सेली लिग १ मा साविक विजेता एएस मोनाकोलाई पेरिस सेन्ट जर्मन (पिएसजी)ले २-१ ले हराएको छ । पिएसजीको जितमा नेयमार र एडिन्सन काभानीले गोल गरेका थिए ।
खेलको १९ औं मिनेटमै भ्रमणीय टोली पिएसजीले खेलमा अग्रता लिन सफल भएको थियो । जुलियन ड्राक्सलरको पासमा काभानीले गोल गर्दै स्कोर १-० बनाएका थिए । त्यस्तै खेलको ५२ औं मिनेटमा पाएको पेनाल्टीलाई नेयमारले गोलमा परिणत गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाएका थिए ।
८१ औं मिनेटमा मोनाकोका जाओ मोटिन्होले मोनाकोका लागि गोल गर्दै एक सान्तवना गोल हात पारेका थिए । यस जितसँगै पिएसजीको १४ खेलमा ३८ अंक रहेको छ । २९ अंकमा रहेका लियोन र मोनाकोभन्दा पिएसजी ९ अंकले अगाडि रहेको छ ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]