7 years ago
November 26, 2017
मोनाको (एजेन्सी) – फ्रेन्च लिग १ को पहिलो स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) आज दोस्रोमा रहेको मोनाकोसँग भिड्दै छ । मोनाकोको घरेलु मैदानमा खेलिने यस खेल नेपाली समय अनुसार १.४५ बजे सुरु हुने छ ।
पिएसजीका लागि थोमस म्युनियर टोलीमा फर्किँदै छन् भने जाभियर पास्टोरेले मिडफिल्डमा स्थान पाउने देखिन्छ । मोनाकोबाटै लोनमा रहेका किलियन बाप्पेले अग्रपंक्तिमा एडिन्सन काभानी र नेयमारको साथ दिने छन् ।
मोनाकोका लागि स्टेभेन जोभेटिच, जिब्रिल सिडिबे र थोमस लेमार सामान्य घाइते छन् । यस सिजन १२ खेल खेलिसकेको मोनाकोको २९ अंक रहेको छ । त्यस्तै पिएसजीको भने उत्तिकै खेलमा ३५ अंक छ ।
पिएसजीले आज खेल जितेमा सो अन्तर ९ अंकको हुने छ भने घरेलु टोलीको जितमा सो अन्तर ३ अंकमा छोटिने छ । यी दुई बीच खेलिएको पछिल्लो खेलमा पिएसजी २-१ ले विजयी रहेको थियो ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]