default_image

7 years ago

November 26, 2017

बार्सिलोना र भ्यालेन्सिया बीचको महत्त्वपूर्ण भिडन्त आज

76 views

0 Bookmark

भ्यालेन्सिया (एजेन्सी) – स्पेनिश ला लिगाका पहिलो र दोस्रो स्थानमा रहेका बार्सिलोना र भ्यालेन्सिया आज एकआपसमा भिड्दै छन् । भ्यालेन्सियाको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १.३० बजे सुरु हुने छ ।

बार्सिलोनाका लागि जेरार्ड पिके यस खेलमा प्रतिबन्धित छन् । जाभियर मासेरानो पनि घाइते रहेकाले थोमस भर्मेलिनले डिफेन्समा ठाउँ पाउने देखिन्छ ।

त्यस्तै पाको अल्कासेरले राम्रो प्रदर्शन गर्दै आएकाले सुरुवाती ११ मा स्थान पाउने देखिन्छ । लुइस स्वारेजले भर्खरै गोल्डेन बुट जितेका सहकर्मी लियोनल मेस्सीलाई अग्रपंक्तिमा साथ दिने छन् ।

भ्यालेन्सियाको तर्फबाट पनि डिफेन्समा जेसन मुरिलो यस खेलमा सहभागी हुने छैनन् । घरेलु टोलीले ला लिगामा लगातार ८ खेल जितेको छ र ३० अंकसहित दोस्रोमा रहेको छ ।

अर्को तर्फ बार्सिलोनाको १२ खेलमा ३४ अंक छ । आज बार्सिलोनाले जितेको अवस्थामा ऊ अग्रस्थानमा ७ अंकले अगाडि हुने छ भने घरेलु टोलीले जितेमा सो अन्तर १ अंकमा झर्ने छ । पछिल्लो सिजन यी दुई बीच खेलिएको दुवै खेलमा बार्सिलोना विजयी रहेको थियो ।

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.