default_image

7 years ago

November 26, 2017

म्यानचेस्टर सिटी हडर्सफिल्डको सामना गर्दै

87 views

0 Bookmark

हडर्सफिल्ड (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटी आज हडर्सफिल्डको सामना गर्दै छ । हडर्सफिल्डको घरेलु मैदानमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको ९.४५ बजे सुरु हुने छ ।

म्यानचेस्टर सिटीका लागि डिफेन्डर जोन स्टोन्स र बेन्जामिन मेन्डी घाइते छन् । त्यस्तै हडर्सफिल्डका डिफेन्डर माइकल हेफेल, मिडफिल्डर फिलिप बिलिङ घाइते छन् भने केसि पाल्मर चोटबाट फर्किँदै छन् ।

म्यानचेस्टर सिटीले अघिल्ला दश लिग खेल लगातार जितेकाले आफ्नो यात्रालाई निरन्तरता दिने दाऊमा हुने छ । हाल म्यानचेस्टर सिटीको १२ खेलमा ३४ अंक छ । यो खेल जितेको अवस्थामा ऊ पुन: दोस्रो स्थानको युनाइटेडभन्दा ८ अंक अगाडि हुने छ ।

त्यस्तै आजको प्रिमियर लिगको पहिलो खेलमा एभर्टन साउथह्याम्पटनसँग ७.१५ बजे भिड्ने छ भने अर्को बलियो टोली आर्सनल बर्नलीको सामना ७.४५ बजे गर्ने छ । आर्सनल र बर्नलीमध्ये जसले जिते पनि त्यो टोली तालिकाको चौथो स्थानमा उक्लिने छ ।

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.