7 years ago
November 26, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको दोस्रोमा रहेको म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि १-० को जित दर्ता गरेको छ । युनाइटेडको जितमा ब्राइटनका लुइस डंकले आत्मघाती गोल गरेका थिए ।
युनाइटेडले पहिलो हाफमा निकै अवसरहरु सिर्जना गरे पनि ब्राइटनले रक्षात्मक खेल्दै घरेलु टोलीलाई रोकेको थियो । तर खेलको ६६ औं मिनेटमा एस्ली योङले गरेको प्रहार ब्राइटनका लुइस डन्कलाई लागेर आत्मघाती गोल भएको थियो । सो गोल युनाइटेडलाई जित दिलाउन पर्याप्त रह्यो ।
त्यस्तै अर्को बलियो टोली टोटनह्याम वेस्ट ब्रोमसँग १-१ को बराबरीमा रोकिन पुग्यो । भ्रमणीय टोलीका लागि सालोमन रोन्डोनले खेलको चौथो मिनेटमै स्कोर १-० बनाएका थिए । तर टोटनह्यामका मुख्य स्ट्राइकर ह्यारी केनले दोस्रो हाफमा एक गोल फर्काउँदै टोलीका लागि १ अंक बटुलेका थिए ।
त्यस्तै मध्यरातको खेलमा लिभरपुल र चेल्सीले पनि १-१ को बराबरी खेलेका छन् । चेल्सीका पूर्व खेलाडि मोहम्मद सालाहले घरेलु टोलीलाई दिलाएको अग्रतालाई चेल्सीका मिडफिल्डर विलियनले अन्तिम समयतिर बराबरी पारेका थिए ।
हाल म्यानचेस्टर युनाइटेड १३ खेलमा २९ अंक सहित दोस्रोमा छ भने टोटनह्याम २४ अंकसहित चौथो स्थानमा यथावत् छ । ब्राइटन १६ अंकका साथ नवौं स्थानमा छ भने १७ औं स्थानको वेस्ट ब्रोमको ११ अंक रहेको छ । चेल्सी २६ अंकसहित तेस्रोमा छ भने २३ अंकसहित लिभरपुल पाँचौंमा छ ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]