7 years ago
November 25, 2017
जुरिच (एजेन्सी) – बार्सिलोनाका स्टार लियोनल मेस्सीले गए राति युरोपियन गोल्डेन बुट जितेका छन् । २०१६-१७ सिजन मा ३७ गोल गर्दै उनले सो उपाधि जितेका हुन् ।
मेस्सीले स्पोर्टिङका बास दोस्त (३४) र बोरुसिया डर्टमन्डका पियर एम्रिक अबामेयाङ (३१) लाई पछि पार्दै २०१६-१७ सिजनको सर्वाधिक गोलकर्ता बनेका हुन् ।
मेस्सीको यो चौथो गोल्डेन बुट उपाधि हो । यसअघि मेस्सीले २००९-१०, २०११-१२ र २०१२-१३ को सिजनमा पनि गोल्डेन बुट जितेका थिए ।
यस उपाधिसँगै उनले क्रिस्टियानो रोनाल्डोको ४ गोल्डेन बुटको बराबरी पनि गरेका छन् । यस सिजन पनि मेस्सी राम्रो फर्ममा छन् । मेस्सीले आफ्नो घरेलु लिगमा १२ गोल गरिसकेका छन् ।
हाल गोल्डेन बुटको होडमा अग्रस्थानमा १५ गोलसहित सिरो इम्मोबिल र एडिन्सन काभानी रहेका छन् । प्रतिद्वन्दि रोनाल्डोको भने यस सिजन केवल १ लिग गोल रहेको छ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]