7 years ago
November 24, 2017
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका डेनिस स्वारेजले सुपर स्टार लियोन मेस्सी आउने थ्रुपै वर्ष क्लबमै रहने दाबी गरेका छन् । स्वारेजले भनेका छन्, ‘बार्सिलोना उनको जीवन हो ।’ खेलकुद इतिहासकै उत्कृष्ट खेलाडीमध्येका एकका रुपमा हेरिएका ३० वर्षे मेस्सीले बार्सिलोनासँग अझै सम्झौता भने गर्न बाँकी छ । उनको अहिलेको सम्झौता सन् २०१८ को जुन सम्म रहेको छ ।
बार्सिलोना बोर्डले भने उनको सम्झौता २०२१ सम्म पक्का भएको बताएका छन् । यद्दपी त्यो औपचारिक रुपमा सार्वजनिक हुन भने बाँकी रहेको छ । पछिल्लो समय उनी पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर सिटी वा चाइजिन सुपर लिग क्लबमा जाने सम्भावना रहेको पनि बताइन्छ ।
‘मलाई विश्वास छ उनी अझै धेरै वर्ष यहाँ रहनेछन् । उनी हरेक दिन हामीसँग अभ्यासमा व्यस्त रहन्छन् ’ स्वारेजले भनेका छन्,‘सबैलाई थाहा छ बार्सिलोना उनको जीवन हो ।’ उनले मेस्सीका विषयलाई लिएर कुनै चिन्ता नरहेको पनि प्रष्ट पारेका छन् । उनले भने ‘हामीलाई आशा छ उनीले क्लबमा निरन्तरता दिनेछन् । हामी उनको वरिपरि खेल्न खुसी हुन्छौं । ’
मेस्सीले सिजनको सुरुआत दमदार ढंगले गरेका छन् । उनको टोली ला लिगामा ३५ अंकसहित शीर्षस्थानमा रहेको छ । १२ खेलको समाप्तीमा बार्सिलोनाले दोस्रो स्थानको भ्यालेन्सियालाई ४ अंक र रियल म्याड्रिडलाई १० अंकले पछाडि पारेको छ । बार्सिलोनाले ला लिगामा आइतबार भ्यालेन्सियाको सामना गर्दैछ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]