7 years ago
November 24, 2017
झापा (हाम्रो खेलकुद) – काँकरभिट्टामा आयोजित तेश्रो मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा सुदूरपश्चिम टोलीले क्वाटरफाइनलमा आफ्नो स्थान बनाएको छ । नियमित समयमा खेल २-२ को बराबरीमा टुङ्गिएपछि पेनाल्टीमा झापालाई हराउँदै सुदूरपश्चिमले अन्तिम आठमा आफ्नो स्थान बनाएको हो ।
पहिलो हाफमा दुवै टोलीले निकै अवसरहरु पाए पनि तिनको सदुपयोग गर्न नसक्दा सो हाफ गोलरहित भएको थियो । तर खेलको ५७ औं मिनेटमा विशुन गुरुङले फ्रिकिकमा हेडरमार्फत सुदूरपश्चिमलाई अग्रता दिलाएका थिए । ६८ औं मिनेटमा भने झापाले गोल गर्दै खेलमा फर्किएको थियो ।
खेलमा चार मिनेट बाँकी हुँदा सुदूरपश्चिमका चेतन थारुले फ्रिककबाट गोल गर्दै स्कोर २-१ बनाएका थिए । तर झापाका मार्टिनले इन्जुरी समयमा गोल गर्दै खेललाई पेनाल्टीमा पुर्याएका थिए ।
पेनाल्टीमा सुदूरपश्चिमले झापालाई ५-४ ले हराउन सफल भएको थियो । सुदूरपश्चिमका लागि नरेन्द्र चौधरी, राकेश हमाल, चेतन थारु, विनोद केसी र फिलिप तामाङले पेनाल्टी परिणत गरेका थिए भने झापाका योगेश गुरुङ, दिलेन लोक्ताङ, सुमिन मैनाली र छिरिङ गुरुङ पनि चुकेनन् ।
तर नरेन्द्र लिम्बूको प्रहारलाई गोलकिपर अनन्त शेखले बचाउँदै जित सुनिश्चित गरेका थिए । खेलका म्यान अफ द म्याच पनि अनन्त नै घोषित भएका थिए । अब सुदूरपश्चिम-११ ले क्वाटरफाइनलमा सताक्षी गोल्डकप च्याम्पिन नेपाल आर्मीसँग भिड्दै छ ।
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]