7 years ago
November 23, 2017
काँकरभिट्टा (हाम्रो खेलकुद) – अग्नि रुपन्देही –११ मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । गत वर्षको उपविजेता समेत रहेको ए डिभिजन टोली नेपाल एपिफ क्लबलाई ३–१ ले हराउँदै रुपन्देही अन्तिम चारमा प्रवेश गरेको हो ।
काँकरभिट्टा माविको खेल मैदानमा भएको खेल रुपन्देहीले सुरुआतबाटै दबाबमा राखेको थियो । खेलको १५ औं मिनेटमा रजिन धिमालले गोल गरेका थिए । दीपक राईको पासमा रजिनले गोल गरेका थिए ।
त्यसको ३ मिनेटपछि सेड्रिक आवाले गोल गरेपनि रुपन्देहीले अग्रतालाई दोब्बर पार्यो । दोस्रो हाफको १२ औं मिनेटमा सुदीप सिख्राकारको गोलमा एपिएफ खेलमा फर्कने प्रयास गरेको थियो ।
नवीन लामाको पासमा सुदीपले हेडमार्फत गोल गरेका थिए । दोस्रो हाफको ३९ औं मिनेटमा दीपकले रुपन्देहीका लागि गोल गरे । दीपकले रुपेशको पासमा गोल गरेका थिए ।
रुपन्देहीका गोलकिपर दीलिप क्षत्री खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई दुर्गा चन्द्र मेमोरियल ट्रस्टले १० हजार रुपैयाँ प्रदान गरेको थियो । प्रतियोगितामा शुक्रबार झापाले उपाधि रक्षाको यात्रा सुरु गर्नेछ । झापाले सुदूरपश्चिमाञ्चलको सामना गर्नेछ ।
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]