7 years ago
November 23, 2017
सबिन शेर्मा
झापा – सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताका लाागि आज ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । जुन टोलीले जितेपछि यी दुई टोलीबीच यो वर्षको भने पहिलो भेट हुनेछ ।
नकआउट फुटबलमा गत वर्ष मनाङ सर्वाधिक सफल टोली रहेको थियो भने त्यसपछिका सफल टोली आर्मी र सिएमजी क्लब संकटा रहेका थिए । मनाङले चारवटा उपाधि जित्दा आर्मी र सिएमजीले समान ३ नकआउट उपाधि जितेका थिए । मनाङ र आर्मीमध्ये जसले जितेपछि यो टोलीको दोस्रो उपाधि हुनेछ । भदौमा मनाङले चितवनमा जेसिज कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो भने आर्मीले त्यो भन्दा अघि विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो ।
गत वर्ष मनाङ र आर्मीबीच ३ वटा फाइनल भएको थियो । जसमध्ये दुहबी गोल्ड कप र हेटौडा गोल्ड कपमा आर्मीले बाजी मारेको थियो भने मनाङले राजर्षी गोल्ड कपको उपाधि जितेको थियो । सताक्षीको क्वार्टरफाइनलमा अर्को विभागिय टोली एपिएफललाई ३–२ ले हराउँदै अघि बढेको आर्मीले सेमिफाइनलमा झापामाथि ३–० को एकतर्फी जित निकालेको थियो । जसमा नवयुग श्रेष्ठदले २ गोल गरेका थिए ।
अर्को तिर मनाङको यात्रा भने आर्मीको तुलनामा केही कठिन रह्यो । रुपन्देहीसँग टाइब्रेकरमा ४–१ को जित निकाल्दै अघि बढेको मनाङले सेमिफाइनलमा आयोजक सताक्षी धाम स्पोर्टिङलाई हराउन थप समय सम्म कुर्नु परेको थियो । अन्तमा विशाल राईको निर्णायक गोलमा २–१ को जितसहित मनाङ अन्तिम दुईमा पुगेको थियो । सताक्षी गोल्ड कपको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]