7 years ago
November 23, 2017
टुरिन (एजेन्सी) – च्याम्पियन्स लिगको समूह ‘डि’ अन्तर्गत बार्सिलोना र युभेन्टस गोलरहित बराबरीमा रोकिएका छन् । समूहमा ११ अंकका साथ बार्सिलोना अन्तिम १६ मा छनोट भएको छ ।
त्यस्तै इङ्ग्लिस च्याम्पियन चेल्सी काराबागसँग ४-० ले विजयी रह्यो । चेल्सीको जितमा विलियनले दुई गोल गरे । त्यस्तै एडेन हाजार्ड र सेस्क फ्याब्रिग्यासले पनि एकएक गोल गरेका थिए । यस जितसँगै चेल्सी पनि अन्तिम १६ मा छनोट भएको छ ।
अर्को इङ्ग्लिस टोलि म्यानचेस्टर युनाइटेड भने समूह ‘ए’मा बासेलसँग १-० ले पराजित भएको छ । बासेलको लागि निर्णायक गोल कप्तान तथा डिफेन्डर म्यानुयल आकान्जीले गरे । १२ अंकका साथ समूहको शीर्षमा रहेको युनाइटेडलाई छनोट हुन अर्को खेलबाट कम्तीमा १ अंक अझै चाहिन्छ ।
गए राति खेलिएको अन्य खेलहरुको नतिजा:
सिएसकेए मस्को २-० बेनिफिका
एट्लेटिको म्याड्रिड २-० रोमा
एन्डरलेक्ट १-२ बायर्न म्युनिख
स्पोर्टिङ ३-१ ओलम्पियाकोस
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]