default_image

7 years ago

November 22, 2017

‘म खेलेको हेर्न चाहन्छौ भने प्रशिक्षकलाई भन’– टुरे

85 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीका मिडफिल्डर याया टुरेले जारी सिजनमा धेरै खेल्न मौका नपाएपनि आफु दिक्क नभएको बताएका छन् । ३४ वर्षे मिडफिल्डरले पेप ग्वार्डिओलाको टोलीबाट यो सिजन मात्र ५ खेल खेलेका छन् । यद्दपी उनले गत राति च्याम्पियन्स लिगमा फेयनोर्डसँग भने सिटीका लागि ७५ मिनेट खेल्ने मौका पाए ।

खेलपछि यो सिजन धेरै खेल्ने मौका नपाएको बारे प्रश्नको जवाफ दिने क्रममा टुरेले भने,‘तिमी म खेलेको हेर्न चाहन्छौ भने त्यो विषय प्रशिक्षकलाई भन ।’ मौका कम पाएपनि उनले आफु दिकदार नभएको भने प्रष्ट पारेका छन् । ‘मेरो अनुहारमा हेर । के म दिक्क भएको जस्तो देखिन्छ ’ उनले थपे, ‘म यहाँ रमाइरहेको छु । यदि म दिक्क मानि रहेको हुन्थ्यो प्रशिक्षकलाई आफु बेन्चमा बस्न भन्दा घर जान तयार हुने बताउथे ।’

रहिम स्टर्लिङले खेलको एकमात्र गोल गर्दै सिटीलाई च्याम्प्यिन्स लिगमा लगातार पाँचौं जित दिलाएका थिए । टुरेले टोलीले उच्च प्रदर्शन गरिरहेको बताए । ‘यो मनोबललाई निरन्तरता दिन अहिलेको आवश्यकता हो’ उनले भने, ‘हामीले परिस्थितिलाई बुझेर त्यहि अनुरुप केन्द्रित हुनुपर्दछ । हाम्रो टोली गतिशील छ, यो मलाई मन पर्दछ । प्रशिक्षकलाई पनि मन पर्दछ ।’

सञ्चामाध्यमका बारेमा बोल्दै उनले भने, ‘बार्सिलोना रहँदा मैले सिकेको कुरा के हो भने हामीले कुनै पनि पत्रपत्रिकाका विषय सुन्न आवश्यक छैन । किनकी आफुले उत्कृष्ट छु भन्ने मान्ने हो भने बलियो टोली तयार हुन्छ र कसैले त्यसलाई कमजोर बनाउन सक्दैन । ’ सन् २०१० मा बार्सिलोनाबाट सिटी पुगेका टुरेले क्लबका लागि ३ सय बढी खेल खेल्दै ७९ गोल गरिसकेका छन् ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.