7 years ago
November 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको भुम्रे सेकेण्डरी स्कुल र रौतहटको दुर्गा मावि कोकाकोला अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।
सातदोबाटोस्थि एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको सेमिफाइनलमा भुम्रेले सिन्धुपाल्चोकको सेतीदेवीलाई २–० ले हराएको थियो । दुर्गा माविले कैलालीको श्री शंकर सरस्वतीलाई १–० ले हराउँदै भुम्रेसँगको फाइनल भेट पक्का गरेको थियो ।
पहिलो सेमिफाइनलमा आश्मा श्रेष्ठको आत्माघाती गोलबाट सुरुआती अग्रता बनाएको भुम्रेका लागि सुनिता कुमालको गोलबाट ४८ औं मिनेटमा गोल थपेकी थिइन् । अर्को सेमिफाइनलमा निकिता थोकरले २० औं मिनेटमा गरेको गोलले दुर्गा मावि विजयी भएको थियो । फाइनल खेल बिहिबार एन्फा कम्प्लेक्सको खेल मैदानमा हुदैछ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]