default_image

7 years ago

November 22, 2017

सताक्षी गोल्ड कप फाइनल – वर्षको दोस्रो उपाधिको खोजीमा मनाङ र आर्मी

105 views

0 Bookmark

सबिन शेर्मा
झापा – ए डिभिजन टोली लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मी क्लब वर्षको दोस्रो उपाधिका लागि भोली एक अर्कोको सामना गर्दैछन् । झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको फइनलमा यी दुई टोलीले एकअर्काको सामना गर्नेछन् । यी दुई टोलीबीच यो वर्षको भने पहिलो भेट हुनेछ ।

 

नकआउट फुटबलमा गत वर्ष मनाङ सर्वाधिक सफल टोली रहेको थियो भने त्यसपछिका सफल टोली आर्मी र सिएमजी क्लब संकटा रहेका थिए । मनाङले चारवटा उपाधि जित्दा आर्मी र सिएमजीले समान ३ नकआउट उपाधि जितेका थिए । मनाङ र आर्मीमध्ये जसले जितेपछि यो टोलीको दोस्रो उपाधि हुनेछ ।

भदौमा मनाङले चितवनमा जेसिज कप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो भने आर्मीले त्यो भन्दा अघि विशाल स्मृति गोल्ड कपको उपाधि जितेको थियो । गत वर्ष मनाङ र आर्मीबीच ३ वटा फाइनल भएको थियो । जसमध्ये दुहबी गोल्ड कप र हेटौडा गोल्ड कपमा आर्मीले बाजी मारेको थियो भने मनाङले राजर्षी गोल्ड कपको उपाधि जितेको थियो ।

यसपटकको फाइनल पनि प्रतिस्पर्धात्मक हुने अनुमान गर्छन् आर्मीका प्रशिक्षक नवीन न्यौपाने । खेलाडीका रुपमा लामो समय मनाङमा बिताएका प्रशिक्षक न्यौपानले भने,‘हाम्रो खेलाडीमा चोटको कुनै समस्या छैन । हामीले यहाँ पनि राम्रो प्रदर्शन गरिरहेका छौं । आशा छ भोलीको फाइनलमा हामी राम्रो चुनौति दिनेछौं ।’दुवै टोलीका राष्ट्रिय खेलाडी टोलीमा फर्किसकेकोले खेल प्रतिस्पर्धात्मक हुने उनले अनुमान गरेका छन् ।

‘मनाङ सदाबहार बलियो टोली हो । त्यसमाथि सेटका सबै खेलाडी आएपछि झन मजबुद भएको छ’ उनले भने, ‘तर मनाङभन्दा हामी नियमति अभ्यासमा रहेकोले त्यसको फाइदा पुग्न सक्दछ ।’ दुवै टोली उत्तिकै शसक्त भएकाले उनले प्राप्त मौका लागि जसले पहिला सदुपयोग गर्न सक्छ त्यहि टोलीको जित्ने सम्भावना बढी हुने बताउँछन् ।

क्वार्टरफाइनलमा अर्को विभागिय टोली एपिएफललाई ३–२ ले हराउँदै अघि बढेको आर्मीले सेमिफाइनलमा झापामाथि ३–० को एकतर्फी जित निकालेको थियो । जसमा नवयुग श्रेष्ठदले २ गोल गरेका थिए । अर्को तिर मनाङको यात्रा भने आर्मीको तुलनामा केही कठिन रह्यो । रुपन्देहीसँग टाइब्रेकरमा ४–१ को जित निकाल्दै अघि बढेको मनाङले सेमिफाइनलमा आयोजक सताक्षी धाम स्पोर्टिङलाई हराउन थप समय सम्म कुर्नु परेको थियो ।

अन्तमा विशाल राईको निर्णायक गोलमा २–१ को जितसहित मनाङ अन्तिम दुईमा पुगेको थियो । मनाङका कप्तान अनिल गुरुङ पनि आर्मीका प्रशिक्षक न्यौपाने जस्तै खेल प्रतिस्पर्धात्मक हुने अनुमान गर्दछन् । ‘यस्तो खेलमा धेरै मौका पाउन कठिन हुन्छ । थोरै मौकामा जसले क्लिक गर्न सक्छ जित्ने त्यहि टिम हो ।

हामी पनि अहिले धेरै सेट भइसकेका छौं’ हालै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका अनिलले भने, ‘आर्मी भनेको सधै फिटनेसमा माथि रहने टिम हो । हामीले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न सक्यौ भने उपाधि जित्ने सम्भावना बढी रहन्छ । ’सताक्षी गोल्ड कपको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

March 10, 2025

कप्तान एन्जिलाको संघर्ष देखाउन सफल ‘अञ्जिला’

सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]

March 10, 2025

चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]

March 10, 2025

मच्छिन्द्र पाँचथर गोल्डकपको‌ सेमिफाइनल

दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]

Success

Thank you for your time.