9 years ago
December 17, 2015
पाँचथर
जिल्लाकै सबै भन्दा ठुलो र लोकप्रिय फुटबल प्रतियोगीता “फाल्गुनन्द गोल्डकप”को सातै संस्करण यहि पुस पुस २५ गते बाट पाँचथरको फिदिममा सञ्चालन हुने भएको छ । देशमा चलि रहेको संकटका बाबजुत पनि खेल संञ्चालन गर्न लागीएको आयोजकले पत्रकार समेलनमा बताए ।
पुस २५ देखि माघ २ सम्म सञ्चाल हुने खेलमा आयोजक फिदिक स्पोटिङ क्लब सहित भारत , भुटान र पुर्वाञ्चल क्षेत्रका फुटबल टिम सहभागी हुने फिदिक स्पोटिङ क्लबका उपाध्यक्ष दिपेन्द्र थापा मगरले जानकारी दिए ।
राष्ट्रिय बिभुति फाल्गुनन्दको सम्मानमा आयोजना हुने खेलमा प्रथमहुने टोलीले १ लाख ११ हजार १ सय ११ र दितिय हुने टिमले ५५ हजार ५ सय ५५ रुपया प्राप्त गर्ने आयोजकले जानकारी दिए ।
खेल सञ्चालनका निम्ति अनुमानित २० लाख रुपया लाग्ने थापाले जानकारी दिए ।
November 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएई नेपप्लिज फुटबल एसोसिएसन (युएनएफए) ले नेपाली समाज मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जितेको छ। युएई नेपाल पत्रकार महासंघलाई टाइब्रेकर पराजित युएनएफएले उपाधि जितेको हो। १-१ को बराबरीपछि टाइब्रेकरमा युएनएफले बाजी मारेको हो। त्यसअघि सेमिफाइनलमा युएनएफएले नेपाली दुतावास र युएई पत्रकार महासंघले एनएसयु एसोसिएसनलाई हराएर फाइनलको यात्रा तय गरेको थियो। नेपाली दुतावासका सागर […]
November 25, 2024
एजेन्सी- रियल म्याड्रिडले स्पेनिस ला लिगामा आइतवार लेगानेसलाई ३-० ले हराएको छ। रियलका लागि केलियन एमबाप्पे, फेडरिको भाल्भार्डे र जुड बेलिङघमले गोल गरे । यो जितपछि रियलले शीर्षस्थानको बार्सिलोनासँगको दूरी ४ अंक भएको छ। शनिवार बार्सिलोना बराबरीमा रोकिएको थियो । एमबाप्पेले ४३ औं मिनेटमा गोल गर्दा रियलले पहिलो हाफमा १-० को अग्रता बनायो। रियलमा यो उनको […]
November 25, 2024
एजेन्सी – म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगमा आइतबार इपस्विचसँग बराबरीमा रोकिएको छ। दोस्रो मिनेटमा नै लिएको अग्रता जोगाउन नसक्दा युनाइटेडले १-१ को बराबरी खेल्नु पर्यो। रुबेन एमोरिमले औपचारिक रुपमा प्रशिक्षकको जिम्मेवारी पाएको खेलमा नै युनाइटेडले अंक बाढेको छ। मर्कस रसफोर्डको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ओमारी हुट्सनले इपस्विचका लागि ४३ औं मिनेटमा बराबरी गोल […]