default_image

7 years ago

November 21, 2017

चन्द्रागिरी गोल्ड कप उपाधि हिमालयन शेर्पालाई

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले चन्द्रागिरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा भएको फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभजन टोली फ्रेन्ड्स क्लब क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो ।

अफ्रिकन मुलका लावलले ६१ औं मिनेटमा खेलको पहिलो गोल गर्दै फ्रेण्ड्सलाई खेलमा अग्रता दिलाएका थिए । तर ६८ औं मिनेटमा फ्रेण्ड्सका रुमेस बर्तौलाले दोस्रो पहेंलो खाँदै बाहिरिएको फाईदा उठाउँदै हिमालयन शेर्पाले ९० औं मिनेटमा खेल बराबरी गर्‍यो ।

शेर्पाका लागि बिशन गुरुङले गोल गरेका थिए । नियमित समय बराबरीमा टुङ्गिएपछि खेल एक्स्ट्रा समयमा पुगेको थियो । एक्स्ट्रा समयको आठौँ मिनेटमा शेर्पाका पियुस हेनरीलेले गोल गर्दै खेललाई उल्ट्याएका थिए । त्यस्तै खेलको ११८ औं मिनेटमा शेर्पाका सेड्रिक अवाले गोल गर्दै आफ्नो टोलीको उपाधि सुनिश्चित पारेका थिए ।

हिमालयन शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो । पछिल्लो समय घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको सिएमजी क्लब संकटालाई सेमिफाइनलमा पराजित गरेर फ्रेण्ड्स फाइनलमा पुगेको थियो । फ्रेन्ड्ससँगै एन्फा कारवाहीमा परेको हिमालय शेर्पाले पनि करिब ४ वर्षको दौरानपछि पहिलो पटक फाइनल खेल्दैछ । हिमालयन शेर्पाले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।

दोस्रो भएको फ्रेन्ड्सले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । नैकापको ब्राइट युथ क्लबको आयोजनामा कात्तिक २८ गतेबाट भएको प्रतियोगितालाई नेपाल जनरल मार्केट हिरोले मुख्य प्रायोजन गरेको हो । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले पनि प्रायोजन गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता थियो ।

April 11, 2025

एनआरटीको अध्यक्षमा जोशी र भट्टराईको उम्मेदवारी

काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]

April 11, 2025

मच्छिन्द्र र हिमालयन शेर्पा फाइनल खेल्दै

सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन्‌ । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]

April 11, 2025

युरोपा लिगमा युनाइटेड रोकियो

एजेन्सी – इन्ज्युरी समयमा सम्हालिन नसकेपछि म्यानचेस्टर युनाइटेडले लियोनसँगको युरोपा लिग क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा चित्त बुझाउनु परेको छ । दुवै टोलीले समान एक पटक अग्रता बनाएको खेल २-२ को बराबरीमा टुंगिएको छ। रायन चेर्कीले इन्ज्युरी समयको पाँचौं मिनेटमा गोल गर्दै खेलमा बराबरीमा गरेका हुन्। थियागो आल्माडाले २५ औं मिनेटमा गोल गर्दै लियोनलाई अग्रता दिलाएका […]

Success

Thank you for your time.