default_image

7 years ago

November 21, 2017

चन्द्रागिरी गोल्डकपको फाइनलमा फ्रेण्ड्स र हिमालयन शेर्पा भिड्दै

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको चन्द्रागिरी गोल्डकपको फाइनल खेल आज खेलिँदै छ । फाइनल ‘ए’ डिभिजनको दुई प्रतिद्धन्द्धी क्लब एनआइबिएल फ्रेण्ड्स कलब र हार्भेष्ट मुन हिमालयन शेर्पा क्लबबीच खेलिने छ ।

एन्फाको कारबाहीमा परेको फ्रेण्डसले गत भदौमा भएको जेसिस कपपछि फुटबलमा पुनरागमन गरेको थियो । त्यसयता फ्रेण्डसको यो दोस्रो ठुलो प्रतियोगिता हो । पछिल्लो समय घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै आएको सिएमजी क्लब संकटालाई सेमिफाइनलमा पराजित गरेर फ्रेण्ड्स फाइनलमा प्रवेश गरेको हो ।

यस्तै हिमालय शेर्पाले पनि करिब ४ वर्षको दौरानपछि पहिलो पटक फाइनल खेल्दैछ । हिमालयन शेर्पाले भने विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको थियो ।

खेल दिउसो १ बजे नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा सुरु हुनेछ । कुनै पनि नकआउट फुटबल प्रतियोगितामा फ्रेण्ड्स र हिमालयन शेर्पा फाइनलमा भिड्न लागेको यो पहिलो पल्ट हो ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

नैकापको ब्राइट युथ क्लबको आयोजनामा कात्तिक २८ गतेबाट भएको प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको हो । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिका, युनाइटेड सिमेन्ट लगायतले पनि प्रायोजन गरेका छन् ।

February 3, 2025

सनिशलाई उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडीबाट सम्मान गरिने

पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

Success

Thank you for your time.