7 years ago
November 20, 2017
मैन्ज, जर्मनी (एजेन्सी) – चीनको यू-२० टोलीले जर्मनीमा भएको खेलको दौरान रिसाउँदै मैदान छोडेको छ । टेलिभिजनमा प्रत्यक्ष प्रसारण भएको उक्त खेलमा राजनीतिक मुद्दालाई लक्षित गर्दै एक दर्शकले तिब्बतको झण्डा फर्फराएपछि यू-२० टोलीले खेल छाडेका हो ।
टिएसभी स्कोट मैन्जसँगको खेलमा दर्शकदिर्घामा रहेका प्रदर्शनकर्ताले झण्डा हटाएपछि मात्र उक्त खेल पुनः सुचारु भएको थियो ।
२०२० मा जापानमा हुने ओलम्पिक्सलाई लक्षित गर्दै तयारीको रुपमा चीनको टोली हाल जर्मनीमा प्रशिक्षणरत छ । जर्मनीमा १६ मैत्रीपूर्ण खेल खेल्ने योजना रहेको टोलीको उक्त खेल पहिलो थियो ।
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]
November 17, 2024
एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]