7 years ago
November 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कोकाकोला अन्तर स्कुल पुरुष तथा महिला फुटबल प्रतियोगितामा सेतीदेवी, श्री शंकर र भुम्रे विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलमा सिन्धुपाल्चोकको सेतीदेवी शारदा स्कुलले काठमाडौंको अमर स्कुललाई १–० ले पराजित गरेको हो । ६४ औं मिनेटमा प्रिती राईले गरेको गोल नै सेतीदेवीको जितमा निर्णायक बन्यो ।
अर्काे खेलमा श्री शंकर सरस्वती, कैलालीले श्री दुर्गा सेकेण्डरी स्कुल रौतहटमाथि ३–२ को कठिन जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलमा श्री शंकरकी गोमा थापाले २० औं मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाएकी थिईन् ।
रश्मी कुमारी घिसिङले ४४ औं मिनेटमा अग्रता दोब्बर पारेकी थिईन् । इश्वारी रावलले ५० औं मिनेटमा अर्काे गोल थप्दै टोलीलाई ३–० को सहज स्थितिमा राखेकी थिईन् । तर दुर्गा सेकेण्डरी स्कुलका सविता राना मगर र रेखा पौडलले गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै अर्काे खेलमा स्याङ्जाको भुम्रे सेकेण्डरी स्कुलले छहारी शिक्षा सदनलाई ७-० को फराकिलो अन्तरले हरायो । भुम्रेको सहज जितमा सुनिता कुमाल र उदया थापाले समान २–२ गोल गरे । सरस्वती हमाल र दमान्ती पंगेनीले १–१ गोल गर्दा एक गोल भने आत्मघाती गोल रह्यो ।
यस्तै पुरुषतर्फ गजुरमुखी स्कुल तेस्रो भएको छ । तेस्रो स्थानको लागि भएको खेलमा गजुरमुखीले महेन्द्र मेमोरियल एकेडेमीलाई सडनडेथमा ५–४ ले पराजित गर्यो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको थियो ।
February 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘बी’ र नेपाल पुलिस स्कुल साँगा विजयी भएको छ। कीर्तिपुरमा जारी प्रतियोगिताको दोस्रो दिन सोमवार एपिएफ ‘बी’ ले राराहिल मेमोरियल स्कुल कीर्तिपुर लाई ४-१ गोलले पराजित गर्यो । एपिएफ स्कुलका मिसन के.सी, सौभाग्य बुढाथोकी, उत्सव खड्का र सुवायु श्रेष्ठले समान १ गोल गरे । एपिएफका सुवायु […]
February 3, 2025
पोखरा (हाम्रो खेलकुद)- सहारा क्लब पोखरा यो वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान राष्ट्रिय फुटबल टोलीका सनिश श्रेष्ठले पाउने भएका छन् । प्रतिभा छनोट समितिको बैठकले सनिशलाई सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिएका छन्। पुरस्कार राशि ५० हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्र रहेको छ । पुरस्कारको रकम क्लबका […]
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]