7 years ago
November 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधान सेनापति पाँचौ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । भारतका अलग अलग टोलीलाई हराउँदै दुई विभागिय टोली अन्तिम चारमा पुगेका थिए ।
आर्मीले ग्याल्सिङ वेस्ट सिक्किमलाई ५–० ले हराएको थियो भने अर्को खेलमा पुलिसले बिहारलाई ५–१ ले हराएको थियो । आर्मीका लागि सपना मल्ल र कृष्णा खत्रीले समान २ गोल गरे । सपनले १४ र ६६ औं तथा कृष्णाले ४२ औं र ८५ औं मिनेटमा गोल गरिन् । रिना घिसिङले ५० औं मिनेटमा आत्मघाती गोल गरेकी थिइन् ।
पुलिसको जितमा नीरु थापाले ह्याट्रिक र निर्मला विकेले २ गोल गरिन् । नीरुले सातौं, २१ औं मिनेटमा गोल गरेकी नीरुले ५४ औं मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन् । निर्मलाले ६१ औं र ७९ औं मिनेटमा गोल गरिन् । बिहारका लागि ममता कुमारीले ५१ औं मिनेटमा गोल गरेकी थिइन् ।
मंगलबार हुने सेमिफाइनलमा आर्मीले मध्यमाध्यञ्चल र पुलिसले अर्को विभागिय टोली एपिएफको सामना गर्नेछ । नेपाली सेनाको आयोजना गरेको प्रतियोगितामा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।
April 11, 2025
एजेन्सी- इन्डियन प्रिमियर लिग (आइपिएल) को २५ औं खेलमा आज चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्सबीच खेल हुँदैछ। एम.ए. चिदम्बरम स्टेडियममा नेपाली समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। चेन्नईले यो सिजन पहिलो खेल जितेपछि लगातार ४ खेलमा हार बेहोरेको छ। त्यसैले उसलाई जित्नुपर्ने दबाब रहेको छ। मुम्बई इन्डियन्स विरुद्ध ४ विकेटको जितपछि चेन्नईले […]
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]