7 years ago
November 19, 2017
सबिन शेर्मा
झापा – लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रुपन्देही ११ लाई टाइब्रेकरमा ४–१ ले हराउँदै मनाङ सेमिफाइनलमा पुगेको हो । १–१ को बराबरीपछि मनाङले टाइब्रेकरमा बाजी मारेको हो ।
रुपन्देहीले पहिलो अग्रतालाई जोगाउन नसकेपछि टोली अन्तिम चार पुग्नबाट बाञ्चित रह्यो । अब मनाङले राष्ट्रिय टोलीका विक्रम लामा, विमल घर्तीमगर, अनन्त तामाङ, गोलकिपर विशाल श्रेष्ठ सम्मिलित आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबको सामना गर्नेछ ।
आज खेलको छैटौं मिनेटमा अबाको गोलबाट रुपन्देहीले अग्रता बनाएको थियो । रजिन धिमालको प्रहार मनाङका गोलकिपर दीनेश थापा मगरको हातबाट फुत्केपछि रिबाउन्डमा अबाले गोल गरेका थिए । खेलको अन्त्यतिर मिनेट बाँकी रहँदा मनाङले बराबरी गोल फर्काएको थियो । ७९ औं मिनेटमा डोना थापाले फ्रिकिकमा बराबरी गोल फर्काएका थिए ।
टाइब्रेकर मनाङका विमल बस्नेत, कमल श्रेष्ठ, निराजन मल्ल र डोनाले गोल गरे । रुपन्देहीका लागि निरज बस्नेतले मात्र गोल गर्न सके । रजिन धिमालको प्रहार बाहिरिएको थियो भने विजय धिमालको प्रहार मनाङका गोलकिपर दीनेशले रोकेका थिए । मनाङका डोना खेलको म्यान अफ दी म्याच बने ।
प्रतियोगितामा झापा ११ र त्रिभुवन आर्मीबाट पनि सेमिफाइनल पुगिसकेका छन् । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
सताक्षी गोल्ड कपको पहिलो सेमिफाइनल
झापाविरुद्ध त्रिभुवन आर्मी
April 11, 2025
एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो। ३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो। त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ […]
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- स्थापनाको ९ दशक पूरा गरिसकेको काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन शनिवार हुने भएको छ। ११ सदस्यीय कार्यसमितिको लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बिच प्रतिस्पर्धा हुने भएको छ। पछिल्लो दुई कार्यकालका एनआरटीको अध्यक्ष रहिसकेका जोशी दक्षिण एसियाली फुटबल महासंघका उपाध्यक्ष हुन् । एनआरटीका आजीवन […]
April 11, 2025
सुनिल गाउँले,सिमरा ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन् । सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्। दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो […]