7 years ago
November 18, 2017
सबिन शेर्मा
झापा – त्रिभुवन आर्मी क्लब झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । एपिएफलाई ३-२ ले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
खेलको २५ औं मिनेटमा आर्मीका विमल पाण्डेले अन्जन विष्टलाई डि-बक्समा लडाउँदा एपीएफले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई अन्जन आफैंले लिँदै गोलमा परिणत गरेका थिए । ३२ औं मिनेटमा जर्ज प्रिन्सले फ्रि-किकमार्फत सिधै गोल गर्दै आर्मीलाई खेलमा फर्काएका थिए ।
त्यस्तै खेलको ३९ औँ मिनेटमा श्याम नेपालीले गोल गर्दै पुन: एपीएफलाई अग्रता दिलाएका थिए । यसैगरी सुमन अर्यालले ५५ औं मिनेटमा हेडिङ गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
६७ औं मिनेटमा भने आर्मीले गोल गर्दै जित सुनिश्चित गरेको थियो । जर्ज प्रिन्स कार्कीको पासमा दिप लामाले सो गोल गर्दै आर्मीको सेमिफाइनलमा स्थान पक्का गरेका थिए ।
आर्मीले सेमिफाइनलमा झापाको सामना गर्नेछ । त्यस्तै रुपन्देही र मनाङको विजेताले आयोजक सताक्षीधामसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रपैयाँ प्राप्त गर्नेछ ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]