9 years ago
December 17, 2015
अघिल्लो साफमा भारत बिरुद्ध गोल गरे लगतै कुनै गोल गर्न नसकेको नेपाल पूर्ण गोल गर्न चुक्दा बाङ्लादेश बिरुद्धको मैत्रीपूर्ण खेलमा १-० को हार बेवोरेको छ ।
साफको तयारी स्वरुप खेलिएको खेलमा हेमन गुरुङ , नबिन लामा र योगेश गुरुङले राष्ट्रिय टोलीबाट पहिलो खेल खेले । प्रशिक्षक ओजेम्सले किरणलाई विश्राम गराउदै बिकेस कुथुलाई सुरुवाती ११मा राखे ।
रातो जर्सीमा मैदानम उत्रेको नेपालले सुरुवातमा आक्रमक फुटबल खेल्यो । १० मिनेटमा अन्जन बिष्टलाई फल गरे पस्च्यात पाएको फृ-किक हेमन गुरुङले सिधै गोल कीपरलाई प्रहार गरे ।
सधा झै नेपालको मिड-फिल्ड बलियै देखिए पनि फोर्वार्डबाट केहि मौका सिर्जना हुन भने सकेन । सीमित आक्रमण गरे पनि बाङ्लादेशले १८ मिनेटमा साखवत रोनीको प्रयासमा गोल गर्दै खेलमा अग्रता लिन सफल भयो ।
प्रत्योतरमा २५ औ मिनेटमा अन्जन बिष्टले दुइ डिफेन्सलाई बिट गर्दै राम्रो प्रयास गरे तर गोल गर्न भने चुके । नेपालको सम्पूर्ण प्रयास बिफल भए पछी पहिलो हाल्फ १-० अन्त्य भयो ।
दोस्रो हाल्फमा खेलमा फर्किने हिसाबले बिमल, रोहित, किरण र नवयुगले अनिल, बिशाल, बिकेस र नबिनलाई परिवर्तन गर्दै मैदान प्रबेश गरे । अनिल बाहिरए पछी बिराज महर्जनले आर्म ब्याण्ड अंगाले ।
५४ औ मिनेटमा बाङ्लादेशले अग्रता दोब्बर गर्यो तर अफसाइड भएको कारण गोल स्वीकार भएन ।
दोस्रो हाल्फमा प्रवेश गरेका रोहित चन्दको ६१औ मिनेटको प्रहारले जालीलाई बहिरबाट छोएर बहिरिए पछी नेपाल खेलमा फर्किनबाट चुक्यो तर प्रयास भने सिमित रहेन । ३ मिनेट पछी बिमलको क्रसमा रोहित चन्दले गरेको हेडर केहि इन्चबाटमात्र बाहिरियो ।
खेलमा फर्कन आतुर नेपाली टोलीलाई ७५औ मिनेटमा भागयले साथ नदिदा रोहित चन्दले गरेको ससक्त प्रहार पोलमा लागेर बाहिरियो । पहिलो हाल्फमा पछी परेको नेपालले अन्त्य सम्म कुनै गोल गर्न नसक्दा नतिजा आफु तिरा पल्टयाउन सकेन ।
May 1, 2025
एजेन्सी – अर्जेन्टिनी स्टार लिओनेल मेस्सीको कप्तानीमा रहेको अमेरिकी क्लब इन्टर मायमी कन्काकाफ इन्टरनेसनल च्याम्पियन्स कप अन्तर्गत सेमिफाइनलमा भान्कुभर ह्वाइटक्याप्ससँग पराजित भएको छ । सेमिफाइनलको दोस्रो लेगमा बुधबार राती मायमीले ३-१ को हार बेहोरेको हो । त्यसअघि पहिलो लेगमा २-० ले पराजित मायमी समग्रमा ५-१ को हारसँगै च्याम्पियन्स कपबाट बाहिरिन पुगेको हो । बुधबारको खेलमा […]
May 1, 2025
एजेन्सी – बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन्। एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो।मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट-जर्मेनले आर्सनललाई १-० ले हराएको थियो। तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो । पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले […]
May 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको साउदी क्लब अल नासर एसियाली च्याम्पियन्स लिग एलिटको सेमिफाइनलमा जापानी क्लब कावासाकी फ्रन्टेलसँग पराजित भएको छ । जेद्दाहमा बुधबार भएको सेमिफाइनलमा कावासाकीले अल नासरलाई ३-२ ले पराजित गर्यो । नासरले खेलको अन्त्यतिर लगातार अवसर सिर्जना गरेपनि खेलमा बराबरी गर्न नसक्दा फाइनल पुग्ने अवसर गुमायो । […]