7 years ago
November 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एकै समय सञ्चालन भइरहेका दुई नकआउट फुटबल प्रतियोगितामा दुई विभागिय टोलीले भाग लिइरहेका छन् । नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले राजधानीमा सञ्चालन भइरहेको चन्द्रागिरी गोल्ड कप र झापामा सञ्चालन भइरहेको सताक्षी गोल्ड कप फुटबल प्रतियोगितामाचुनौति पेश गरिरहेका छन् ।
दुवैले सिनियर टोलीलाई झापा पठाएको छ भने जुनियर टोली राजधानीमा प्रतिस्पर्धा गर्दैछ । यीनै दुई विभागिय टोलीले शनिबार झापामा क्वार्टरफाइनल खेल्दैछन् । एपिएफले भारत मध्य प्रदेशको डायमण्ड अफ फुटबल एकेडेमीलाई हराउँदै आर्मीसँगको भेट पक्का गरेको थियो । आर्मीले भने पहिलो चरणमा वाई पाएको थियो । एपिएफको सिनियर टोली एक साताअघि नवलपरासीमा सम्पन्न राइनो संरक्षण गोल्डकपको फाइनलसम्म पुगेको थियो ।
यता चन्द्रागिरीमा आर्मीको जुनियर टोली अन्तिम चारमा पुगिसेको छ । एपिएफको जुनियर टोली पनि सेमिफाइनल प्रवेशका लागि आज अर्को ए डिभिजन टोली हिमालयन शेर्पाको सामना गर्दैछ । हिमालयनमा राष्ट्रिय टोलीका दुई खेलाडी छन् भने उमेर समूहका २ खेलाडी छन् । टोलीले अन्य नयाँ खेलाडी जुटाएर टोली तयार पारेको छ । राष्ट्रिय टोलीका हेमन गुरुङ र मानबहादुर तामाङ तथा यू २३ का लक्ष्मण जसी र यू १९ का कप्तान गोलकिपर अपर्ण कार्की हिमालयनबाट आज खेल्दैछन् ।
उता एपिएफका प्रशिक्षक शुसिल अधिकारी बी टिम भएपनि आफ्नो टोली कडा चुनौतिको लागि तयार रहेको बताउँछन् । ‘हिमालयन शेर्पा राम्रो टोली हो’ प्रशिक्षक अधिकारी भन्छन्,‘तर हामी आफ्नोतर्फबाट शतप्रतिशत दिएर खेल्नेछौं ।’ चन्द्रागिरी नगरपालिकाको नैकाप खेल मैदानमा हिमालयन र एपिएफबीचको खेल दिउँसो २ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा यो अन्तिम क्वार्टरफाइनल खेल हो ।
एपिएफ र शेर्पाबीचको विजेताले सेमिफाइनलमा आर्मीको जुनियर टोलीको सामनागर्नेछ । जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै आर्मी अघि बढेको थियो । अन्य दुई ए डिभिजन टोली फ्रेण्डस र सिएमजी संकटा पनि प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेका छन् । ब्राइट युथ क्लब नैकापको आयोजनामा भैरहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]