7 years ago
November 16, 2017
काठमाडौं,( हाम्रो खेलकुद) – कोका कोला कप अन्तर स्कुल फुटबल प्रतियोगिताको अन्तिम चरणको पहिलो दिन सर्लाहिको एभरेष्ट एकेडेमी, सुनसरीको महेन्द्र मेमोरियल, काठमाडौंको बाल सृजनालय, नुवाकोटको अर्किड र काठमाडौंको गजुरमुखी विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सले काठमाडौंको लक्ष्मीपुर इङ्लिस स्कुललाई ४–१ ले हराएको थिजयो । लक्ष्मीपुरले ३१ औं मिनेटमा रिप्सन श्रेष्ठको गोलमा लिएको अग्रतालाई जोगाउन सकेन । एभरेष्टका मदन स्याङ्तानले ४० औं मिनेटमा बराबरी गोल गरे भने सन्नीकुमार चौधरीले ४१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । रितिककुमार खड्काले ६१ औं र ६३ औं मिनेटमा गोल गरेपछि एभरेष्टको जित सम्भव भएको थियो ।
भरत चौधरीको ह्याट्रिकमा महेन्द्र मेमोरियलले कैलालीको सैनिक आवासिय महाविद्यालयलाई ४–१ ले हराएको थियो । नविन भट्टराईले तेस्रो मिनेटमा सैनिकलाई अग्रता दिलाए भने भरतले १८ र्औ मिनेटमा बराबरी गोल गरे । भरतले ३२ औं मिनेट र करण सुनुवारले ३४ औं मिनेटमा महेन्द्र मेमोरियलका लागि गोल थपे । भरतले ५८ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पुरा गरे ।
प्रतिक आले मगर र अनिल लामाको गोलमा बाल सृजनालयको गोलमा दाङ मिड वेस्टर्न पुलिसलाई २–० ले पराजित गरेको थियो । सुयोग राउतको गोलमा अर्किड एकेडेमीले रुपन्देहीले स्कलर होम इङ्लिसलाई १–० पराजित गर्यो । पवन जिसी र रोहन धितालको गोलमा गजुरमुरीले मोरङको भानुक्तलाई २–० ले हराएको थियो ।
लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता मंसिर ८ गते सम्म चल्नेछ । छनोट चरण पार गरेको १३ टोलीले अन्तिम चरणमा प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]