7 years ago
November 15, 2017
सबिन शेर्मा
झापा – नेपाल एपिएफ क्लब झापाको झिलझिलेमा जारी टुवोर्ग दोस्रो सताक्षी गोल्ड कफ फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भारत मध्य प्रदेशको डायमन्ड अफ फुटबल एकेडेमीलाई आज ४–० ले हराउँदै विभागिय टोली अन्तिम आठमा पुगेको हो ।
अब एपिएफले सेमिफाइनल प्रवेशका लागि अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आज एपिएफको जितमा रुपबहादुर लामा, श्याम नेपाली, रञ्जन विष्ट, नवीन लामाले गोल गरे ।
नविनको कर्नमा रुपबहादुले हेडमार्फत गोल गर्दै ३१ औं मिनेटमा एपिएफलाई अग्रता दिलाए । ६२ औं मिनेटमा श्यामले गोल गरे । एकतर्फी खेलको ७२ औं मिनेटमा रञ्जले गोल गरे । इन्जुरी समयमा नवीनले गोल गरेपछि ए डिभिजन टोलीको जित सहज बनेको थियो । रुपबहादुर खेलको म्यान अफ दी म्याच घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
शतासीधाम स्पोर्टिङ क्लब झापाको आयोजना जारी प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रपैयाँ प्राप्त गर्नेछ । गोल्डकपमा ६ ‘ए’ डिभिजन, एक विदेशी र आयोजकसहित १० टोलीको सहभागिता छ ।
सताक्षी गोल्ड कपमा बिहीकारको खेल
शतासीधाम स्पोर्टिङविरुद्ध चर्च ब्वाइज काठमाडौं
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]
November 17, 2024
एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]