7 years ago
November 15, 2017
सेभिल (एजेन्सी) – गए रातिको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत विश्वकपका दाबेदार मानिएका दुई टोली जर्मनी र फ्रान्सले २-२ को बराबरी खेलेका छन् । फ्रान्सका लागि आर्सनलका स्ट्राइकर एलेक्जान्डर लाकाजेटले दुई गोल गरेका थिए ।
खेलको ३३ औं मिनेटमा म्यानचेस्टर युनाइटेडका फरवार्ड एन्थोनी मार्सियालले लाकाजेटलाई सुन्दर पास मिलाई दिएका थिए । त्यसको सदुपयोग गर्दै लाकाजेटले टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ५६ औं मिनेटमा भने जर्मनी खेलमा फर्किएको थिए । मेसुट ओजिलको आकर्षक पासमा उत्तिकै राम्रो फिनिस गर्दै जर्मनीका टिमो वेर्नरले स्कोर १-१ बनाएका थिए ।
खेलको ७१ औं मिनेटमा फ्रान्स फेरी एक पटक खेलमा अग्रता लिन सफल भयो । किलियन बाप्पेको पासमा लाकाजेटले गोल गर्दै टोलीलाई खेलमा दोस्रो पटक अग्रता दिलाएका थिए । तर खेलको अन्तिम मिनेटतिर ओजिल र मारियो गोट्चेले बनाएको मुभलाई परिवर्तित खेलाडि लार्स स्टिन्डलले गोलमा परिणत गर्दै खेल २-२ मा टुङ्ग्याएका थिए ।
त्यस्तै अन्य खेलमा डिफेन्डर सर्जियो रामोसको दुई पेनाल्टी गोलमार्फत स्पेनले रुससँग ३-३ को बराबरी खेल्यो भने म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुको निर्णायक गोलमा बेल्जियमले जापानलाई १-० ले हरायो । ब्राजिल र इङ्ग्ल्यान्डले भने गोलरहित बराबरी खेले ।
अन्य मैत्रीपूर्ण खेलहरुको नतिजा:
दक्षिण कोरिया १-१ सर्बिया
चीन ०-४ कोलम्बिया
कतार १-१ आइसल्यान्ड
स्लोभाकिया १-० नर्वे
रोमानिया ०-३ नेदरल्यान्ड्स
हंगेरी १-० कोस्टा रीका
अल्जेरिया ३-० सेन्ट्रल अफ्रिकन रिपब्लिक
अष्ट्रिया २-१ उरुग्वे
वेल्स १-१ पानामा
पोर्चुगल १-१ युएसए
January 12, 2025
हिमाल खरेल ,बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औँ अल इन्डिया चिफ मिनिस्टर्स गोल्डकपमा विजयी सुरुवात गरेको छ । सिक्किमको जोरथाङ रंगशालामा आज भएको प्रतियोगितामा भारत पश्चिम बंगालको जिटिए दार्जिलिङलाई टाइब्रेकरमा हराउँदै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा टुंगिएपछि निर्णयका लागि टाइब्रेकरको सहारा लिइएको थियो […]
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]