7 years ago
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब फ्रेण्डस् क्लब चन्द्रागिरीमा मंगलबारबाट शुरु भएको प्रथम चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा पुगेको छ । नैकापस्थित खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक ब्राइट युथ क्लबलाई ४–३ ले हराउँदै फ्रेण्डस् अन्तिम चारमा पुगेको हो ।
फ्रेण्डस् को जितमा धिरज श्रेष्ठले ह्याट्रिक पूरा गरे । अफ्रिकी मुलका लावलले अर्काे एक गोल थपे । आयोजक ब्राइट युथ क्लबको लागि कप्तान समिर कार्की र साहिल रानाले गोल गरे । एक गोल आयोजकले उपहार पाएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको १७ औं मिनेटमा धिरजले गोल गरे ।
दोस्रो हाफको सुरुमा ब्राइट युथका कप्तान समिरले गोल गर्दै खेललाई बराबरीमा पुर्याए । ५२ औं मिनेटमा धिरजले गोल गरेपछि फ्रेण्डसले खेलमा फेरि अग्रता लियो । लगत्तै ब्राइट युथको प्रहार रोक्न खोज्दा हुदमुलमा फ्रेण्डसका खेलाडीले आफ्नै पोष्टमा गोल गर्दा खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।
७० औं मिनेटमा धिरजले ह्याट्रिक गोल गर्दा खेलमा फ्रेण्ड्सले पुनः अग्रता बनायो । ७२ औं मिनेटमा ब्राइटका साहिल रानाले गोल गरेपछि खेल ३–३ गोलको स्थितिमा थप रोमाञ्चक बनेको थियो । त्यसको एक मिनेट नबित्दै विदेशी खेलाडी लावलले गोल गरेपछि फ्रेण्डसले फेरि खेलमा अग्रता बनायो र खेल जित्यो । धिरज श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए र ३ हजार रुपैयाँ प्राप्त गरे ।
नकआउटका आधारमा हुने प्रतियोगितामा बुधबार समूह ‘बी’ अन्र्तगत त्रिभुवन आर्मी क्लब र जावलाखेल युथबीच हुने आयोजकले जनाएको छ । प्रतियोगितामा आयोजकसहित ‘ए’ डिभिजनका ७ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोलीले फाइनलमा खेल्नेछ । समूह ‘ए’ मा ब्राइट युथ, फ्रेन्ड्स, पुलिस र संकटा छन् । आर्मी, जावलाखेल, हिमालयन र एपिएफ समूह ‘बी’ मा छन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । आयोजकले सहभागी टोलीलाई तयारी वापत ३० हजार रुपैयाँ प्रदान गरेको छ ।
युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसी (राजन) ले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
February 3, 2025
एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]
February 3, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]
February 3, 2025
एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]