7 years ago
November 14, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अनिल गुरुङले आजबाट औपचारिक रुपमा दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास लिएका छन् । अनिल आज खेलको ८१ औं मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका थिए ।
फिलिपिन्सविरुद्धको खेलको खेलमा अन्तिम समयमा उत्रदै अनिलले ५० खेल पनि पुरा गरेका छन् । सन् २००७ मा विश्व कप छनोटअन्तर्गत ओमानसँग खेलमा उनले डेब्यू गरेका थिए ।
फिलिपिन्ससँग गोलरहित बराबरी खेलेपछि एन्फाले उनलाई औपचारिक रुपमा विदाई गरेको थियो । एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले कोट लगाइदिए भने सम्मानपत्र पनि दिए । एन्फाका अन्य पदाधिकारी एवं सदस्यले उनलाई माला, खादा लगाइदिएका थिए ।
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]
November 17, 2024
एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]