default_image

7 years ago

November 14, 2017

चन्द्रागिरि गोल्ड कप आजबाट, फ्रेन्ड्सले आयोजकको सामना गर्ने

59 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रथम चन्द्रागिरि गोल्ड कपको आज हुने उद्घाटन खेलमा ए डिभिजन क्लब फ्रेन्ड्स र आयोजक ब्राइट युथ क्लबबीच हुनेछ । खेल नैकापस्थित मैदानमा दिउँसो २ बजे सुरु हुने बताइएको छ ।

नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको विजेता फाइनलमा पुग्नेछ । आयोजकबाहेक प्रतियोगितामा ‘ए’ डिभिजनका त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सिएमजी क्लब संकटा, हिमालयन शेर्पा, फ्रेन्डस क्लब, जाउलाखेल युथ क्लब र नेपाल एपिएफ क्लबको सहभागिता रहेको छ ।

समूह ‘ए’ मा ब्राइट युथ , फ्रेन्ड्स, पुलिस र संकटा छन् । आर्मी, जावलाखेल, हिमालयन र एपिएफ अर्को समूहमा छन् । प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख, दोस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ तथा हरेक खेलको ‘म्यान अफ दि म्याच’ले ३ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकाको युनाइटेड सिमेन्ट लगायतले प्रायोजन गरेको छ । प्रतियोगिताको लागि करिब ५५ लाख खर्च हुने आयोजकले अनुमान गरिएको छ ।

 

February 3, 2025

आर्सनलसँग सिटी स्तब्ध

एजेन्सी – आर्सनलसँग इंग्लिस प्रिमियर लिगमा आइतवार म्यानचेस्टर सिटी स्तब्ध भएको छ। सिटीलाई‌ ५-१ ले हराउँदै आर्सनलले शीर्ष स्थानको लिभरपुलको सँगको दूरीलाई पुनः घटाएको छ। आर्सनललाई जित दिलाउन मार्टिन ओडेगाेर्ड, थोमस पार्टे, मेल्स लेविस स्केली, काई हार्भेट्ज, इथान नोनेरीले गोल गरे। सिटीका एर्लिङ हालान्डले गोल गरे। ओडेगार्डले दोस्रो मिनेटमा नै गोल गरे। ५५ औं मिनेटमा […]

February 3, 2025

युनाइटेडको अर्को हार, टोटेनहम विजयी

एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा अर्को हार बेहोरेको छ। अर्को खेलमा टोटेनहम विजयी भएको छ। युनाइटेड आइतवार घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेससँग २-० ले पराजित भएको हो । प्यालेसलाई जित दिलाउन दुवै गोल जिन फिलिप माटेटाले गरे।माटेटाले पहिलो गोल ६४ औं मिनेट र दोस्रो गोल खेल सकिन १ मिनेट बाँकी रहँदा गरे […]

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

Success

Thank you for your time.