default_image

7 years ago

November 13, 2017

अन्तर्राष्ट्रिय खेल जीवनलाई विट मार्दै अनिल

102 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – को त्यस्तो खेलाडी होला जसलाई आफ्नो खेल जीवनको माया नहोस् । त्यसैले त होला दुनियाँका स्टार खेलाडी पनि खेल जीवनको अन्त्यमा आइपुग्दा भावुक हुन्छन् र सबै थोक त्याग्नु परे जस्तो महसुस गर्दछन् । एउटा चम्किलो खेल जीवनका लागि खेलाडीले कति परिश्रम गर्नुपर्छ त्यो खेलाडीले बाहेक अरुले अनुमान मात्र लगाउन सक्दछन् । तर, स्वभाविक प्रक्रिया – जति ठूलो र सफल खेलाडी भएपनि हरेकले एक दिन भन्नै पर्दछ, यो मेरो खेल जीवनको अन्तिम खेल हो । त्यस्तै घडीमा आइपुगेका छन् नेपाली फुटबलमा दशक भन्दा लामो समयदेखिका फुटबल स्टार रहँदै आएका अनिल गुरुङ । दशक लामो अन्तर्राष्ट्रिय खेल जीवनलाई अनिल बिट मार्ने तयारीमा छन् ।

ANil Gurung

एएफसी एसियन कप छनोटअन्तर्गत मंगलबार फिलिपिन्ससँग हुने खेल उनले अन्तिम हुने बताइसकेका छन् । अघिल्ला दुई खेलमा टोलीमा नरहेपनि अनिलको सुखद विदाईका लागि प्रशिक्षण टोलीले उनलाई पुनः टोलीमा समेटेको थियो । भोलीको खेल उनको खेल जीवनको ५० औं खेल पनि हो ।

नेपाली फुटबलमा लगातार १० वर्ष राष्ट्रिय टोलीबाट खेलेर ५० अन्तर्राष्ट्रिय खेल पुर्याउनेको संख्या अहिले पनि गन्न सकिने अवस्थामा नै छ । घरेलु मैदान र समर्थकका बीच ५० औं खेलको कोसेढुंगा आत्मसात गर्न पाउनु अनिलका लागि पनि सानो भाग्य होइन । सन्यास लिदैछु भन्दा अहिले पनि आङ सिरिङ्ग भइरहेको कप्तान अनिल गुरुङ बताउँछन् ।

‘राष्ट्रिय टिमबाट सधै खेलिरहने सबैको इच्छा हुन्छ । तर, यसो भनेर नहुँदो रहेछ ’ कप्तान गुरुङले भने, ‘एक दिन सन्यास लिने समय सबैको आउने रहेछ । अहिले म त्यही सन्यास नजिक छु । पछिल्लो समय राम्रा–राम्रा जुनियर भाईहरु आएका छन् । राष्ट्रिय टोलीबाट बिदा लिने उपयुक्त समय यही हो जस्तो लाग्छ ।’ सन् २००७ मा ओमानविरुद्धको विश्व कप छनोटमा डेब्यू गरेका अनिलले यसबीचमा ९ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

चार वर्षअघि काठमाडौंमा भएको साफ च्याम्पियनसिपमा नेपालको सेमिफाइनल यात्रामा उनले बंगलादेश र भारतविरुद्ध गोल गरेका थिए । त्यसयता राष्ट्रिय टोलीका लागि उनले गोल गरेका छैनन् । गतवर्ष भारतको त्रिवेन्द्रममा भएको साफ च्याम्पियनसिपबाट उनले कप्तानको जिम्मेवारी पाएका थिए । पूर्व कप्तान सागर थापालगायत ५ खेलाडी खेल मिलेमतोका कारण प्रतिबन्धमा परेपछि अनिलले टोलीको नेतृत्व पाएका थिए ।

अनिलले सन्यासको योजना छ महिना अघि नै बनाइसकेका थिए । तर, उनले सोचे जस्तो समय रहेन । जापान भ्रमणपछि चोट लागेर अनिलले ताजिकिस्तानसँगको २ खेल गुमाउनु परेको थियो । जसका कारण उनले केही समय धैर्य गर्नुपर्यो । ‘सन्यासबारे एन्फाका पदाधिकारी र परिवारसँग छलफल भइसकेको छ । उहाँहरुसँगको छलफलपछि सन्यास लिने निर्णयमा पुगेको हुँ ’ भावुक हुँदै अनिलले भने, ‘मंगलबारको खेल मेरो लागि निकै महत्वको हुनेछ । यत्तिका वर्ष फुटबल खेलियो सन्यास नजिक आइपुग्दा अलिकति नरमाइलो त हुन्छ नै । राष्ट्रिय टोलीबाट टाढा हुन दुःख लागेको छ ।’

फिलिपिन्सविरुद्ध जति समय मौका पाएपनि पहिलाकै जोशमा खेल्न अनिल उत्साहित छन् । ‘फुटबल खेलेर मैले पाएको भनेको नाम हो । फुटबल खेलेरै दक्षिण एसियामा अनिल भनेर चिनिएको छु’ उनले थपे, ‘यसमा मिडियाहरुको पनि ठूलो साथ र सहयोग छ । फुटबलका कुनै पनि गतिविधिमा म हेडलाइन बनेर आएको छु जस्तो लाग्छ ।’

अन्तर्राष्ट्रिय फुटबलबाट अलग भएपनि घरेलु फुटबललाई भने निरन्तरता दिने उनको योजना छ । उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल भएकाले समर्थकहरुलाई मंगलबार सातदोबाटो आउन पनि आग्रह गरेका छन् । उनले भने,‘जसरी खेल जीवनको सुरुआत गरे त्यसरी नै अन्त्य राम्रो ढंगले हुनेछ । आफ्नै देशमा समर्थकका अगाडी सन्यास लिन पाउनु ठूलो कुरा हो ।’

पोखराको साहारा एकेडेमीबाट व्यवसायिक खेल जीवन अघि बढाएका अनिलले ‘ए’ डिभिजन क्लब ब्रिगेड ब्वाइज, रुस्लान थ्रीस्टार, एनआरटी, भारतीय आइलिग क्लब सिलोङ लाजोङबाट व्यवसायिक फुटबल खेलेका छन् । अहिले उनी मनाङ–मस्र्याङ्दी क्लबमा आबद्ध छन् ।

जर्सी नम्बर १० मिस हुनेछ

मनाङका कप्तान समेत रहेका ३१ वर्षे अनिलले फिलिपिन्सविरुद्धको खेलअघिको प्रि म्याच कन्फ्रेन्समा सन्यासपछि आफुले लगाउँदै आएको जर्सी नम्बर १० र समर्थक धेरै मिस हुने बताएका छन् । १० नम्बर फुटबलमा चिनिने नम्बर हो ।

साफ च्याम्पियन जित्न नसक्नु अधुरो सपना

साफ च्याम्पियनसिप जित्न नसक्दा सपना अधुरो रहेको उनले सुनाए । एक वर्ष अघि एएफसी सोलिडारिटी कप जितेपछि साफ च्याम्पियन हुन नसकेकोमा भने उनलाई गुनासो छ । सन् २०१३ मा स्वदेशमै भएको साफ च्याम्पियनसिपको मुख्य दाबेदार मध्येको एक हुँदा पनि भाग्यले साथ नदिँदा सपना पुरा नभएको अनिलले स्मरण गरे ।

anil-gurung

‘नेपालमै आयोजना भएको साफ च्याम्पियनसिपमा हामी सेमिफाइनलमा रोकियौं । त्यो खेलमा हामी अभागी रह्यौँ,’ उनले भने, ‘हामी त्यसमा हार्यौं र पहिलो पटक फाइनल पुग्ने अवसरबाट बञ्चित भयौं । मेरो करियरमा सबैभन्दा दुःखत क्षण त्यहि थियो । त्यो बेलामा हाम्रो टोली एकदम राम्रो थियो, त्यो खेल हारेपछि संसार हारेजस्तो लागेको थियो ।’

अनिलको कप्तानीमा नेपालले गत वर्ष एएफसीको औपचारिक प्रतियोगिता जितेको हो । इतिहासको साक्षी बन्न पाउँदा निकै खुसी लागेको पनि बताउँछन् । यसअघि प्रधानमन्त्री कप जिते पनि त्यो औपचारिक प्रतियोगिता थिएन । तर, एएफसीको औपचारिक प्रतियोगिता पहिलो पटक जित्दाको खुसी कहिल्यै बर्सन नसकिने बताउँछन् ।

 

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.