default_image

8 years ago

November 11, 2017

चन्द्रागिरि गोल्डकप मंगलबारदेखि

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरि नगरपालिकामा अवस्थित ब्राइट युथ क्लबको आयोजनामा पहिलोपटक ‘ए’ डिभिजन स्तरीय चन्द्रागिरि गोल्डकप हुने भएको छ ।

आयोजक ब्राइट युथ क्लबले सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पहिलो चन्द्रागिरि गोल्डकप यही मंगलबार अर्थात कात्तिक २८ गतेदेखि मंसिर ५ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा आयोजकको एक टिमसहित ‘ए’ डिभिजनका ८ टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष रमेश बुढाथोकीले जानकारी गराए ।

नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका एक टोली फाइनलमा प्रवेश गर्ने छन् । प्रतियोगितामा ‘ए’ डिभिजनका त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, सिएमजी क्लब संकटा, हिमालयन शेर्पा, फ्रेन्डस् क्लब, जाउलाखेल युथ क्लब, नेपाल एपिएफ क्लब र आयोजक ब्राइट युथ क्लबको सहभागिता रहने छ ।

समूह ‘ए’ मा ब्राइट युथ क्लब, फ्रेन्डस् क्लब, नेपाल पुलिस क्लब र सिएमजी क्लब संकटा रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब, हिमालयन शेर्पा र नेपाल एपिएफ क्लब रहेका छन् ।

प्रतियोगिताको विजेताले ५ लाख नगदसहित गोल्ड ट्रफी प्राप्त गर्नेछ । यस्तै दोस्रो हुने टोलीले २ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको हरेक म्याच खेल्ने टिमले तयारी स्वरुप ३० हजार प्राप्त गर्ने अध्यक्ष बुढाथोकीले जानकारी गराए ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३०–३० हजार प्राप्त गर्ने छन् । हरेक खेलका ‘म्यान अफ दि म्याच’ले ३ हजार प्राप्त गर्ने छन् । प्रतियोगितालाई नेपाल जनरल मार्केट (हिरो) ले मुख्य प्रायोजन गरेको छ । हिरोकी प्रतिनिधि शीतल दाहालले खेल कस्तो हुने त्यसको माइलेज हेरेर अर्काे पटकदेखि मोटरसाइकल प्रदान गर्ने जानकारी गराईन् ।

यस्तै प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकाको युनाइटेड सिमेन्ट लगायतले प्रायोजन गरेको छ । प्रतियोगिताको लागि करिब ५५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको सबै खेल नैकापस्थित खेल मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन खेल आयोजक ब्राइट युथ क्लब र फ्रेण्डस् क्लबबीच दिउसो २ बजेपछि हुनेछ ।

September 22, 2025

बार्सिलोनाको सहज जित

एजेन्सी – बार्सिलोनाले आइतवार गेटाफेलाई ३-० ले हराउँदै ला लिगा सिजनमा अपराजित यात्रा कायम राखेको छ। बार्सिलोनाको जितमा फेरान टोरेसले २ र अर्को गोल दानी ओल्मोले गरे। टोरेसले १५औँ मिनेटमा ओल्मोको ब्याकहिल पासलाई नियन्त्रणमा लिँदै गोल गरे । टोरेसले ३४औँ मिनेटमा राफिन्हाको लामो पासबाट दोस्रो गोल थपे। पहिलो हाफमै ह्याट्रिक गर्ने मौका पाए पनि उनको […]

September 22, 2025

आर्सनल र म्यानचेस्टर सिटीको‌ बराबरी

एजेन्सी– गेब्रियल मार्टिनेलीले इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई १-१ को बराबरीमा रोकेको छ। इमिरेट्स स्टेडियममा भएको प्रिमियर लिग खेलमा सिटीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो। एर्लिङ हालान्ड सिटीका लागि गोल गरेका हुन्। तिज्जानी रेजेन्डर्सको सहकार्यमा काउन्टर अट्याकमा हालान्डले गोल गरे । त्यसपछि पेप गार्डियोलाको टोलीले अग्रता जोगाउन सुरक्षात्मक खेल्यो। […]

September 21, 2025

बंगलादेशसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले आज श्रीलंकालाई ४-० ले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो। श्रीलंका पराजित भएसँगै दुई खेलबाट ३ अंक बनाएर नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। बंलादेशको जितमा मोहम्मद रिफत काजीले ह्याट्रिक पूरा गरे। अर्को गोल मोहम्मद आरिफले गरे। यो सँगै बंगलादेश […]

Success

Thank you for your time.