default_image

8 years ago

November 9, 2017

‘नेयमारले छोड्दै छन् भन्ने मलाई थाहा थिएन’- मेस्सी

129 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – ब्राजिलियन फरवार्ड नेयमार यस सिजन बार्सिलोना छोडेर पेरिस सेन्ट जर्मन (पिएसजी) सँग आबद्ध भएका थिए । तर लियोनल मेस्सीलाई भने अन्तिम समयसम्म पनि नेयमार जाँदैछन् भन्ने थाहा नभएको बताउँछन् ।

messi-suarez

यस अघि बार्सिलोनाका जाभी र जेरार्ड पिकेले नेयमारले आफ्नो निर्णय मेस्सीकै विवाहको बेला आफूलाई सुनाएको बताएका थिए । तर मेस्सी स्वयम् भने सो निर्णयबाट अनवगत रहेको बताउँछन् ।

‘साँच्चै भन्नु पर्दा मलाई नेयमारको निर्णयबारे केहि जानकारी थिएन । अमेरिकाको भ्रमणका बेला उनले मलाई आफू दोधारमा रहेको मात्र बताएका थिए । तर पछि अन्य साथीहरुबाट थाहा पाउँदा उनले पहिल्यै निर्णय लिइसकेका रहेछन्,” मेस्सीले इएसपिएनसँगको अन्तर्वातामा बताए ।

त्यस्तै लुइस स्वारेजले पनि आफूले नेयमारलाई नछोड्न आग्रह गरेको बताए । ‘मैले नेयमारलाई नजाऊ भनिनँ तर बार्सिलोना नछोडेको राम्रो भनेर पटक-पटक सम्झाएँ,” स्वारेजले बताए । स्थापित भइसकेको मित्रताका कारण नेयमारले छोडेर जाँदा दु:ख लागेको समेत स्वारेजले जनाए ।

नेयमार पिएसजी आएयता निकै राम्रो लयमा छन् । उनले पिएसजीका लागि ७ गोल पनि गरिसकेका छन् भने बार्सिलोना पनि लयमा देखिएको छ । ११ खेलमा ३१ अंक बटुल्दै बार्सिलोना ला लिगाको अग्रस्थानमा रहेको छ ।

September 18, 2025

नेपाल बंगलादेशसँग फराकिलो अन्तरले पराजित

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ च्याम्पियनसिपमा नेपाल बंलादेशसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ। बंगलादेशको जितमा साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे।यो खेल जितेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने थियो। तर अब नेपालले बंगलादेश र श्रीलंकाको खेलको नतिजा कुर्नु पर्नेछ। यो समुहमा नेपालले २ खेल खेलिसक्दा ३ अंक बनाएको […]

September 18, 2025

फुटबल खेलाडी संघको साधारण सभामा २ अध्यक्ष सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघ विधान पास गरेको छ।सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको साधारण सभाले विधान अनुमोदन गरेको हो। विधानमा ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्ने र व्यवसायिक रुपमा प्रशिक्षणमा सामेल हुने खेलाडीको संघको सदस्यता खारेज हुने वैधानिक व्यवस्था गरिएको संघका अध्यक्ष विक्रम लामाले जानकारी […]

September 18, 2025

फुटबल खेलाडी संघको उपाध्यक्षमा अन्जना र महासचिवमा अनन्त मनोनित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको कार्यसमितिमा रिक्त उपाध्यक्षमा राष्ट्रिय महिला फुटबल टोलीकी अन्जना राना मगर र महासचिवमा राष्ट्रिय पुरुष टोलीका अनन्त तामाङलाई मनोनित गरेको छ। रिक्त पदाधिकारी र सदस्यमा संघको कार्यसमिति मनोनयनलाई आज बसेको साधारण सभाले अनुमोदन गरेको हो । रुपेश केसी, एरिक बिष्ट, अन्जन विष्ट सदस्यमा मनोनित भएका छन्। अनन्त, एरिक र […]

Success

Thank you for your time.