default_image

7 years ago

November 9, 2017

प्रचण्डलाई हराएका खेलकुद मन्त्री केसी भन्छन् – ‘यसपटक प्रतिस्पर्धा दुई पक्षिय छ’

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संविधान सभा २०७० को निर्वाचनको परिणाम पछि राजेन्द्रकुमार केसी (राजन) ले धेरैको ध्यान खिचेका थिए । त्यसको कारण थियो, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले काठमाडौं क्षेत्रं १० को निर्वाचनमा हराएका थिए । राष्ट्रिय राजनीतिको केन्द्रमा रहेका प्रचण्डलाई हराउन सफल भएकै कारण केसीको चर्चा हुनु स्वभाविक थियो ।

प्रतिनिधि सभााका उम्मेदवार बायाँबाट क्रमशः खेलकुद मन्त्री राजन केसी, एनओसी अध्यक्ष जीवन राम श्रेष्ठ र एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह ।

स्थानिय रुपमा सक्रिय राजनीति गरेपनि त्यो जितले केसीलाई देशव्यापी चर्चा दियो । यति बेला युवा तथा खेलकुद मन्त्री समेत रहेका केसी पुनः सोही क्षेत्रमा कांग्रेसको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार छन् । प्रचण्ड भने चुनाव लड्न चितवन पुगेका छन् । यसपटक विगतको जस्तो चर्चा काठमाडौं १० को चुनावमा छैन ।

केसी पनि चुनावी माहोल सुरु भइ नसकेको स्वीकार गर्दछन् । यसपटक बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हितमान शाक्यले केसीलाई चुनौति दिदैछन् । केसी भन्छन्, ‘चार वर्षअघि र अहिले दृश्य फेरिएको छ । त्यति बेलाको प्रतिस्पर्धा त्रिपक्षिय थियो । अहिले दुई पक्षिय छ ।’
खेलकुद मन्त्रीकै रुपमा निर्वाचन लड्दा पनि खासै फरक महसुस नभएको केसीले सुनाए । ‘मैले जे जति जिम्मेवारी पाए , त्यसलाई इमान्दारि पूर्वक निर्वाह गर्ने कोशिस गरेको छु ,’ उनले भने, ‘संविधान सभा सदस्य, व्यवस्थापिका संसदको सदस्य र पछिल्लो समय खेलकुद मन्त्रीका रुपमा मैले जे गरे सबैले महसुस गर्नु भएकै छ । म पदमा रहँदा वा नरहदा खासै अन्तर छैन ।’

मंसिरको १० र २१ गते हुने निर्वाचनमा नेपाली खेलकुदसँग छोडिएका मध्ये टिकट पाउने केसी एक्ला भने होइनन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठलाई नेकपा एमालेले काठमाडौं क्षेत्र नं ८ बाट उठाएको छ । उनका विरुद्धमा काँग्रेसका पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशी छन् । २०७० को निर्वाचनमा यी दुईबीचकै प्रतिस्पर्धामा जोशी विजयी भएका थिए ।

त्यस्तै नेपाल एमेच्योर एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाह जाजरकोटबाट कांग्रेसको उम्मेदवार छन् । उनी यसअघि पनि निर्वाचित भएका थिए । यसपटक भने उनको भिडन्त माओवादी केन्द्रका पूर्व गृहमन्त्री शक्ति बस्नेतसँग प्रतिस्पर्धा हुँदैछ ।

ओलम्पियन, खेलकर्मी वा कुनै समय नेपाली खेलकुदसँग जोडिएका अन्य १० जनाले भने प्रदेश सभाबाट टिकट पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कोषाध्यक्ष रहेकै अवस्थामा ओलम्प्यिन सुरेन्द्र हमाल कांग्रेसबाट बाँके क्षेत्र नं २ को ‘ख’बाट उम्मेदवार बनेका छन् । ओलम्पियन हमाल भारोत्तलनका दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडी हुन् । राखेप कोषाध्यक्षबाट उनले हालै राजीनामा दिएक छन् ।

प्रदेश उम्मेदवार माथि बायाँबाट क्रमश : मीनकृष्ण महर्जन, सुरेन्द्र हमाल, इन्द्रमान तुलाधर, केशव स्थापित र दीपक कोइराला ।
तल बायाँबाट क्रमश : महमद समिउल्लाह, टंक आङबुहाङ, बुद्धि कटुवाल,कुमार जंग थापा, किशोर राई ।

उपत्यकामा नेपाली कांग्रेसले खेलका दुई स्थापित नामलाई प्रदेश सभाको उम्मेदवार बनाएको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले कांग्रेसबाट काठमाडौं क्षेत्र नं ९ को ‘क’ बाट प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । लामो समयदेखि तेक्वान्दो प्रशिक्षक समेत रहेका तुलाधर ए डिभिजन क्लब सिएमजी संकटाका अध्यक्ष पनि हुन् । कांग्रेसले कराते मीनकृष्ण महर्जनलाई ललितपुर १ ‘ख’ बाट प्रदेश सभाको उम्मेदवार बनाएको छ । करातेका स्थापित नाम महर्जन राखेपका पूर्व कोषाध्यक्ष हुन् ।

राखेपका पूर्व सदस्य सचिव केशव स्थापितलाई एमालले काठमाडौं क्षेत्र नं ६ को ‘क’ प्रदेशको उम्मेदवार बनाएको छ । स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयर हुन् । एन्फा उपाध्यक्ष किशोर राई कांग्रेसबाट सुनसरी क्षेत्र नं १ को ‘क’बाट प्रदेश सभाको उम्मेदवार बनेका छन् । राखेपका पूर्व सदस्य उनी लामो समयदेखि एन्फा उपाध्यक्षका रुपमा रहेका छन् ।

कांग्रेसले नै एन्फाका पूर्व महासचिव कुमारजंग थापालाई सुनसनरी क्षेत्र नै ३ को ‘क’बाट उम्मेदवार बनाएको छ । लामो समय एन्फामा रहेका थापा केही वर्षअघि बाट स्थानिय रुपमा राजनीतिमा सक्रिय हुँदै आएका थिए । त्यस्तै एन्फाका केन्द्रिय महमद समिउल्लाहले बारामा एमालेबाट टिकट पाएका छन् । राखेपका सदस्य समेत रहेका उनले बारा क्षेत्र नं ३ को ख बाट प्रत्यक्षमा बाट उम्मेदवारी दिएका छन् ।

नेपाल भलिबल संघका पूर्व कोषाध्यक्ष बुद्धि कटुवाल सुनसरी १ को खबाट कांग्रेसले उम्मेदवार बनाएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष र पूर्व कार्यवहाक अध्यक्ष दुवैलाई माओवादी केन्द्रले उम्मेदवार बनाएका छ । क्यानका पूर्व अध्यक्ष ताप्लेजुङ ख र पूर्व कार्यवहाक अध्यक्ष दीपक कोइराला कास्की १ को कबाट उठेका छन् ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

March 14, 2025

यु १९ की फुटबल खेलाडी पुनम सम्मानित

दिपक बोहोरा, पाँचथर यु १९ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य पुनम चेम्जोङ गृह जिल्ला पाँचथरमा सम्मानित भएकी छिन्। फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पुनमलाई पाँचथर गोल्डकपको प आयोजक पाँचथर क्लबले बिहीवार सम्मान गरेको हो। पुनम फाल्गुनन्द गाउँपालिका निवासी हुन् । पाँचौ पाँचथर गोल्डकपको सेमिफाइनल दौरान ४० हजार रुपैयाँ सहित सम्मान गरिएको हो । फागुनमा […]

Success

Thank you for your time.