default_image

7 years ago

November 5, 2017

माल्दिभ्समा किरणको टोलीलाई सफलता

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङको माल्दिभियन क्लब टिसी स्पोर्टस्ले धिवेही प्रिमियर लिग (डिपिएल) मा गए राती जित हासिल गरेको छ । अघिल्लो खेलमा गोलरहित बराबरीमा रोकिएको टिसी स्पोर्टसले शनिबार मालहोसलाई १–० ले हराएको थियो ।

गोलकिपर किरण चेम्जोङ । फाइल तस्बिर

इब्राहिम माहुदीले गरेको गोल नै टिसी स्पोर्टस्को जितका लागि पर्याप्त रह्यो । माहुदी खेलको म्यान अफ दी म्याच बनेका छन् । टिसी स्पोर्टस अंक तालिकाको दोस्रो स्थानमा छ । १२ चरणको खेल सकिदा न्यू रेडियन्ट ३३ अंकका साथ शीर्षस्थानमा छ । अबको खेल सबैभन्दा महत्वपूर्ण हुने किरणले हाम्रो खेलकुदलाई बताए ।

‘हामी अझै ४ अंकले पछाडि छौं ’ उनले भने,‘त्यो खेल जित्न सकेको खण्डमा उपाधि जित्ने सम्भावना अन्तिम खेल सम्म पनि बाँकी रहन्छ । ’ ८ टोलीको सहभागिता रहेको डिपिएलमा अब २ चरणका खेल बाँकी छन् । राष्ट्रिय टोलीले खेलका कारण डिपिएल स्थगित भएको छ । पुनः डिपिएल सुरु भएपछि टिसीले पहिलो खेल न्यू रेडियन्टसँग खेल्नु पर्नेछ ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको माजियाको २४ अंक छ । जुन टिसी स्पोर्टसको भन्दा ५ अंक कम हो । पुछारबाट दोस्रो स्थानमा रहेको मालहोसको ८ अंक छ । अर्को साता फिलिपिन्सविरुद्धको एसियन कप छनोट चरणको खेलका लागि किरण स्वदेश फर्कने तयारीमा छन् ।

February 3, 2025

एन्जिलासम्मिलित मिस अट्रोमिटौको जित

एजेन्सी- नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सम्मिलित निस अट्रोमिटौले ग्रिस महिला सुपर लिगमा आइतवार जित हासिल गरेको छ। अट्रोमिटौले कस्तोरियो जिपिओ २-१ ले हराएको हो । एन्जिलाको दोस्रो खेलमा‌ यो पहिलो जित हो । अघिल्लो शनिवार उनको डेब्यु खेलमा टोली पराजित भएको थियो। अट्रोमिटौ १३ खेलमा १५ अंकसहित नवौं स्थानमा […]

February 2, 2025

लेवान्डोव्स्कीको गोलमा बार्सिलोनाको जित

एजेन्सी – रोबर्ट लेवान्डोव्स्कीले निर्णायक गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा जित हात पारेको छ बार्सिलोनाले आइतवार अलाभेसलाई १-० ले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनाको जितमा लेवान्डोव्स्कीले ६१औं गरेको गोल नै निर्णायक रह्यो । जितसँगै बार्सिलोना २२ खेलमा ४५ अंकका साथ तेस्रो स्थानमा छ । बार्सिलोना लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँग ४ […]

February 2, 2025

एपिएफ स्कुलको जितमा विकास ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ। विकास बोहोराले ५ गोल गरेको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९–० ले पराजित गर्यो। एपिएफका विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १ गोल‌ गर। एपिएफका विकास प्लेयर अफ […]

Success

Thank you for your time.