default_image

7 years ago

November 4, 2017

सिएमजी क्लब संकटा सेमिफाइनलमा

64 views

0 Bookmark

कोल्हुवा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन टोली सिएमजी क्लब संकटा दोस्रो राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । नवलपरासीको कोल्हुवामा शनिबार वीरगञ्ज युथ एकेडेमीलाई २—० ले हराउँदै संकटा अन्तिम चारमा पुगेको हो ।

संकटाको जितमा सजिन थापा र अफ्रिकन मुलका मार्टिन अजाजीले गोल गरे । ४३ औं मिनेटमा सजिनको गोलबाट अग्रता लिएको थियो । मार्टिनले दोस्रो हाफको दोस्रो मिनेटमा गोल गरेका थिए । प्रतियोगितामा आइतबार अर्को ए डिभिजन क्लब नेपाल एपिएफ र देशभक्त फुटबल क्लब नवलपरासीबीच हुने आयोजक नन्द भाउजु उपभोक्ता समितिले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख २५ हजार ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । विजेता टोलीलाई एक दिनको होम स्टे र चितवन राष्ट्रिय निकुञ्ज अवलोकनको समेत आयोजकले व्यवस्था मिलाउने बताइएको छ । त्यस्तै दोस्रो टोलीले २ लाख ५० हजार ३ सय ५५ रुपैयाँ पाउनेछ ।

राईनो गोल्ड कपमा आइतबारको खेल
एपिएफविरुद्ध देशभक्त

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.