default_image

7 years ago

November 4, 2017

युएईविरुद्ध हारसँगै नेपाल छनोट चरणबाटै बाहिरियो

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध १–० को हारसँगै नेपाली युवा टोली एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोट चरणबाटै बाहिरिएको छ ।

अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब थियो । तर यस हारले नेपालको यात्रामा पूर्णविराम लगाएको छ ।

नेपाल आफ्नो पहिलो खेलमा आयोजक किर्गिस्तानसँग २–० र दोस्रो खेलमा बहराइनसँग ४–० ले पराजित भइसकेको थियो । नेपालले युएईलाई पहिलो हाफसम्म गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा भने एक गोल खान पुग्यो ।

युएईका अल्फान अल्सान आमादीले ७२ औं मिनेटमा गरेको गोल नै युएईको जितमा निर्णायक बन्यो । अल्सानले नेपाली डिफेन्डरको गल्तीको फाइदा उठाउँदै डि–बक्सभित्रबाट गोल गर्न सफल भएका थिए । खेलभरी नै नेपाल युएईको दबाबमा खेलेको थियो र अन्त्यतिर गोल गर्ने सुन्दर मौका पनि खेर फालेका थियो ।

युएईसँगको यस हारसँगै समूह ‘ए’ मा अंकविहीन रहँदै नेपाल पुछारमा छ । नेपालले अन्तिम खेल कात्तिक २२ मा ओमानसँग खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा प्रवेश गर्नेछन् । त्यस्तै दश समूहका विजेता र सबै समूहबाट उत्कृष्ट ५ उपविजेता राष्ट्रले आयोजकसँगै अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

February 2, 2025

एपिएफ स्कुलको जित विकास ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ। विकास बोहोराले ५ गोल गरेको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९–० ले पराजित गर्यो। एपिएफका विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १ गोल‌ गर। एपिएफका विकास प्लेयर अफ […]

February 2, 2025

आहा! रारा पोखरा गोल्ड कपको‌ तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]

February 2, 2025

रियल म्याड्रिड स्तब्ध

एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]

Success

Thank you for your time.