default_image

7 years ago

November 4, 2017

रोहितको टोलीलाई लगातार सफलता

75 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले हिजो इन्डोनेसिया लिगा १ मा जित हासिल गरेको छ । ब्रुनो लोपेजको गोलमा पर्सिजाले पेरसिबलाई १–० ले हराएको छ ।

Rohit Chand

रोहित चन्द । फाइल तस्बिर

सकरवे डटकमका अनुसार घरेलु मैदानमा ७७ औं मिनेटमा लोपेजले पेनाल्टीमार्फत गरेको गोल खेलको निर्णायक बन्यो । लिगा १ मा पर्सिजाको यो लगातार तेस्रो जित हो । टोलीले गत साता बोर्नियोसँगको खेलमा १–० ले पछि परेर पनि अन्ततः २–१ ले जितेको थियो ।

जितपछि पर्सिजा अंक तालिकाको पाँचौं स्थानमा यथावत छ । ३३ खेलमा १६ जित, १० बराबरी र ७ हार खेलेको पर्सिजाको ५८ अंक छ । ४१ अंकसहित परसिब ११ औं स्थानमा छ । १८ क्लबको सहभागिता रहेको लिगको शीर्षस्थानमा रहेको भंयङकराको ६३ अंक छ ।

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.