default_image

7 years ago

November 4, 2017

नेपालका लागि युएईविरुद्ध आजको खेल ‘गर या मर’

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको अघिल्लो चरण पुग्ने सम्भावनालाई जीवित राख्न आजको खेल महत्वपूर्ण रहेको छ । कीर्गिस्तानमा जारी समूह ‘ए’ का सुरुआती दुई खेल पराजित भइसकेको नेपालले अहिले समूह समूहमा सबै भन्दा कमजोर प्रदर्शन गर्ने टोलीका रुपमा रहेको छ ।

नेपाली यू १९ फुटबल टोली । फाइनल तस्बिर ।

यस्तो अवस्थामा आज संयुक्त अरब इमिरेट्स (युएई) को सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ४ः४५ बजे सुरु हुनेछ । आजको खेलमा हार वा बराबरीले नेपाल छनोट चरणबाट लगभग बाहिरिनेछ । समूहमा रहेका पाँच मध्ये अंक विहिन नेपाल मात्र हो । बाँकी चार युएई, ओमान, बहराइन र कीर्गिस्तानको समान ३ अंक छ । चार टोलीले समान १ खेल जितेका छन् । अन्य टोलीले २ खेल खेलिसक्दा बहराइन र युएइले १ खेल मात्र खेलेको छन् ।

पहिलो खेलमा कीर्गिस्तानसँग २–० को हार बेहोरेको नेपालले बहराइनलाई ४–० को नतिजा सुम्पेको थियो । नेपालले अन्तिम खेल कात्तिक २२ मा ओमानसँग खेल्नेछ । छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । छनोटमा रहेका दश समूहका विजेता र सबै समूहबाट उत्कृष्ट ५ उपविजेता र आयोजक राष्ट्रले अन्तिम चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

यू १९ फुटबल च्याम्पियनसिप समूह ‘ए’ को अंक तालिका

देश            खेल    जित    बराबर      हार   गोलअन्तर   अंक

युएई           १        १          ०            ०         ४                ३

ओमान        २        १          ०            १        –१              ३

बहराइन      १         १         ०            ०          ४              ३

कीर्गिस्तान  २         १          ०            १        –१              ३

नेपाल         २         ०          ०            २        –६            ०

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

धनगढीको रवाफिलो सुरूवात

काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ । दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल […]

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ। दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो। यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र […]

Success

Thank you for your time.