default_image

7 years ago

November 4, 2017

ला लिगामा बार्सिलोना सेभिल्लालाई निम्त्याउँदै

78 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – स्पेनिश ला लिगामा आज राति अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना पाँचौंमा रहेको सेभिल्लाको सामना गर्दै छ । बार्सिलोनाको घरेलु मैदान नुक्याम्पमा खेलिने सो खेल नेपाली समय अनुसार रातिको १.३० बजे सुरु हुने छ ।


बार्सिलोनाका डिफेन्डर सेर्जि रोबर्टो चोटका कारण यस खेलमा सहभागी हुने छैनन् । त्यस्तै मिडफिल्डर आन्द्रेस इनिएस्टा र आन्द्रे गोमेस पनि चोटग्रस्त रहेका छन् । जेरार्ड डेलोफेउ र पौलिन्होले लियोनल मेस्सी र लुइस स्वारेज सम्मिलित अग्रपंक्तिलाई साथ दिने छन् ।

त्यस्तै भ्रमणीय टोलीका पनि केहि खेलाडि घाइते छन् । ड्यानियल कारिसो, निको पारेजा र जोक्विन कोरियाले यस खेल चोटका कारण गुमाउने छन् ।

बार्सिलोनाले आफ्नो पछिल्ला १७ घरेलु खेलहरुमा जित हांसिल गरेको छ भने सेभिल्लासँग पछिल्ला १२ खेलमा अपराजित रहेको छ । १० खेलमा २८ अंक जोडेको बार्सा जितका साथ अग्रसथानमा आफ्नो पकड अझ बलियो बनाउने दाउमा हुने छ ।

ला लिगामा आज खेलिने अन्य खेलहरु:

भ्यालेन्सिया विरुद्ध लेगानेस – ५.४५ बजे

डेपोर्टिभो विरुद्ध एट्लेटिको म्याड्रिड – ९ बजे

आलाभेस विरुद्ध इस्पान्योल – ११.३० बजे

January 12, 2025

फर्साटिकर कपको सेमिफाइनल समीकरण पूरा

सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]

January 12, 2025

म्याकएटीको ह्याट्रिकमा सिटीको फराकिलो जित

एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]

January 11, 2025

झापा कपबाट २८ लाख बढी बचत

हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]

Success

Thank you for your time.