7 years ago
November 3, 2017
लण्डन (एजेन्सी) – गए राति युरोपा लिगमा इङ्ग्लिस टोली आर्सनलले रेड स्टार बेलग्रेडसँग गोलरहित बराबरी खेलेको छ । यस नतिजासँगै आर्सनल ४ खेलमा दश अंक बटुल्दै युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेको छ ।
घरेलु टोली आर्सनलले खेलबाट पूरा ३ अंक जित्ने अवसरहरु पाए पनि स्ट्राइकर ओलिभर जिरुड र मिडफिल्डर ज्याक विल्शेरले तिनको फाइदा उठाउन नसक्दा आर्सनलले एक अंकमै चित्त बुझाउनु पर्यो । यो नतिजा आर्सनललाई समूह एचबाट अन्तिम ३२ मा पुर्याउन भने पर्याप्त रह्यो ।
त्यस्तै अर्को इङ्ग्लिस टोलि एभर्टनको भने लियोनसँग ३-० को हार बेहोर्दै अर्को चरणमा पुग्ने आशा सकिएको छ । समूह चरणबाटै बाहिरिने टोलीहरुमा एभर्टन साथै भार्डार र माकाबि तेल अभिभ रहेका छन् ।
त्यस्तै ६ खेलमध्ये ४ खेलको समाप्ति हुँदा अन्तिम ३२ मा छनोट हुने अन्य टोलीमा डायनामो कियभ, एफसिएसबि, लाजियो र जेनिट सेन्ट पिटर्सबर्ग रहेका छन् ।
युरोपा लिगका अन्य खेलहरुको नतिजा:
माकाबि तेल अभिभ ०-१ आस्टाना
स्लाभिया प्राग ०-२ भिल्लारियल
योङ बोयज ०-१ डायनामो कियभ
पार्टिजान बेल्ग्रेड २-० स्केन्डरबेउ
इस्तानबुल बासाकसेहिर १-१ होफनह्याम
लुडोगोरेट्स राजग्राड १-१ ब्रागा
रिजेका १-४ अष्ट्रिया वेन
एइके एथेन्स ०-० एसि मिलान
लियोन ३-० एभरटन
एपोल्लोन लिमास्सोल १-१ एटलान्ट
कोपनहेगन ३-० ज्लिन
लोकोमोटिभ मस्को १-२ सेरिफ
एफसिएसबि १-१ हापोएल बियर सेभा
भिक्टोरिया प्लेजन ४-१ लुगानो
कोलोन ५-२ बेट बोरिसोभ
भिटोरिया डे गुइमारेस १-० मार्से
साल्जबर्ग ०-० कोन्यास्पोर
एथ्लेटिक बिल्बाओ १-० ओस्टरसन्ड्स
हेर्था बर्लिन २-० जोर्या
भिटेस ०-२ जुल्टे वारेगेम
लाजियो १-० निस
रियल सोसिएडाड ३-० भार्डार
रोजेनबर्ग १-१ जेनिट सेन्ट पिटर्सबर्ग
November 17, 2024
एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]