7 years ago
November 2, 2017
लण्डन (एजेन्सी) – युरोपा लिगमा आज राति इङ्ग्लिस टोली आर्सनल रेड स्टार बेल्ग्रेड(सर्भिना ज्भेजडा) को सामना गर्दै छ । नेपाली समय अनुसार रातिको १.५० बजे सुरु हुने यस खेल आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा खेलिने छ ।
युरोपा लिगको समूह ‘एच’मा आर्सनलको ३ खेलमा तीनै जित रहेको छ भने रेड स्टारको ३ खेलमा ४ अंक रहेको छ । यी दुई बीचको पछिल्लो युरोपा लिग खेलमा आर्सनल ओलिभर जिरुडको गोलमा १-० ले विजयी भएको थियो ।
आर्सनलका लागि सिड कोलासिनाच, स्कोड्रान मुस्ताफी र ड्यानि वेल्ब्याक घाइते रहेका छन् । आर्सनलका प्रशिक्षक आर्सन वेंगरले घरेलु लिगमा र युरोपा लिगमा भिन्नाभिन्नै टोली खेलाउने गरेकाले यो साता स्वान्सि विरुद्ध खेलको भन्दा फरक टोलीले मैदान प्रवेश गर्ने लगभग पक्का छ ।
रेड स्टारका लागि भने मिलान रोडिच अघिल्लो खेलमा रातो कार्ड पाएकाले यस खेलमा प्रतिबन्धित छन् । त्यस्तै भ्रमणीय टोलीका लागि रिकार्डो काभालकान्टे घाइते रहेका छन् । आफ्नो घरेलु समर्थकका अगाडि खेलिने र तुलनात्मक रुपमा बलियो रहेकाले आर्सनलले यस खेलमा सहज जित दर्ता गर्ने देखिन्छ ।
आज युरोपा लिगका अन्य खेलहरु:
आस्टाना विरुद्ध माकाबि तेल अभिभ – ११.४५ बजे
भिल्लारियल विरुद्ध स्लाभिया प्राग – ११.४५ बजे
डायनामो कियभ विरुद्ध योङ बोयज – ११.४५ बजे
स्केन्डरबेउ विरुद्ध पार्टिजान बेल्ग्रेड – ११.४५ बजे
होफनह्याम विरुद्ध इस्तानबुल बासाकसेहिर – ११.४५ बजे
ब्रागा विरुद्ध लुडोगोरेट्स राजग्राड – ११.४५ बजे
अष्ट्रिया वेन विरुद्ध रिजेका – ११.४५ बजे
एसि मिलान विरुद्ध एइके एथेन्स – ११.४५ बजे
एभरटन विरुद्ध लियोन – ११.४५ बजे
एटलान्ट विरुद्ध एपोल्लोन लिमास्सोल – ११.४५ बजे
ज्लिन विरुद्ध कोपनहेगन – ११.४५ बजे
सेरिफ विरुद्ध लोकोमोटिभ मस्को – ११.४५ बजे
हापोएल बियर सेभा विरुद्ध एफसिएसबि – १.५० बजे
लुगानो विरुद्ध भिक्टोरिया प्लेजन – १.५० बजे
बेट बोरिसोभ विरुद्ध कोलोन – १.५० बजे
मार्से विरुद्ध भिटोरिया डे गुइमारेस – १.५० बजे
कोन्यास्पोर विरुद्ध साल्जबर्ग – १.५० बजे
ओस्टरसन्ड्स विरुद्ध एथ्लेटिक बिल्बाओ – १.५० बजे
जोर्या विरुद्ध हेर्था बर्लिन – १.५० बजे
जुल्टे वारेगेम विरुद्ध भिटेस – १.५० बजे
निस विरुद्ध लाजियो – १.५० बजे
भार्दार स्कोप्ये विरुद्ध रियल सोसिएडाड – १.५० बजे
जेनिट सेन्ट पिटर्सबर्ग विरुद्ध रोजेनबर्ग – १.५० बजे
January 12, 2025
सुमन अधिकारी,बुटवल रुपन्देहीको फर्साटिकरमा जारी शुद्धोधन गाउँपालिका १२ औं फर्साटिकर कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वाटरफाइनलमा शनिवार बुटवलको गोर्खा ब्वाइज क्लबले भारत आसामको इन्टर नर्थ इष्ट एफसीलाई ५-१ ले हराएपछि सेमिफाइनल समीकरण पूरा भएको हो। गोर्खा ब्वाइजको जितमा फागुराम थारुले २, निशान्त न्यौपाने, सन्दीप केसी र मनिष तामाङले समान १ […]
January 12, 2025
एजेन्सी – जेम्स म्याकएटीको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले एफए कपमा साल्फोर्ड एफसीविरुद्ध सानदार जित हात पारेको छ । शनिवार भएको तेस्रो चरणको खेलमा सिटीले ८-० को सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन म्याकएटीले ह्याट्रिक गर्दा जेरिमी डोकुले २ तथा डिभाइन मोबामा, निको ओ राइली र ज्याक ग्रेलिसले समान १ गोल […]
January 11, 2025
हिमाल खरेल,बिर्तामोड झापा कप फुटबल प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजकले झापा को फुटबलबाट २८ लाख रुपैयाँभन्दा बढी रकम बचत भएको जनाएको छ । झापा ११ फुटबल क्लबको आयोजनामा मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म सञ्चालित प्रतियोगिताबाट २८ लाख ३० हजार ८७३ रुपैयाँ बचत भएको आज पत्रकार सम्मेलन गरी आयव्यय सार्वजनिक गरिएको हो । […]