default_image

7 years ago

November 2, 2017

“टोटनह्याम सबै पक्षमा हामीभन्दा राम्रो थियो” – जिदान

36 views

0 Bookmark

लण्डन (एजेन्सी) – गए राति च्याम्पियन्स लिगमा इङ्ग्लिस टोली टोटनह्याम विरुद्धको ३-१ को हारपछि बोल्दै रियल म्याड्रिडका प्रशिक्षक जिनेदि जिदानले टोटनह्याम सबै पक्षमा आफ्नो टोलीभन्दा राम्रो खेलेको बताए ।

Zidaneखेलपछिको पत्रकार सम्मेलनमा बोल्दै जिदानले आफु आफ्नो टोलीको प्रदर्शनबाट चिन्तित नरहेको तर घरेलु टोली सबै पक्षमा राम्रो खेलेको बताए । पत्रकार सम्मेलनमा जिदानले आफ्नो टोलीको आलोचना गर्नु चाहेनन् बरु टोटनह्यामको प्रशंसा गरे ।

“म चिन्तित छैन र यो सिजनभरी रहने पनि छैन किनभने कहिले गोल हुन्छ र कहिले हुँदैन । आज टोटनह्याम हामीभन्दा राम्रो थियो,” जिदानले भने । जिदानले टोटनह्याम पनि च्याम्पियन्स लिगको दाबेदार रहेको जनाए ।

घरेलु लिगमा यही साता जिरोनासँग २-१ को आश्चर्यजनक हार बेहोरेको रियल आफ्नो प्रतिद्वन्दि बार्सिलोनभन्दा ८ अंक पछाडि रहेको छ । टोटनह्याम पनि यो साता म्यानचेस्टर युनाइटेडसँग १-० ले पराजित भएको थियो । तर रियलसँगको यस जितले घरेलु लिगमा पनि उसको मनोबल पक्कै उच्च रहने छ ।

यस साता ला लिगामा रियल अब तालिकाको १८ औँ स्थानमा रहेको लास पाल्मासको सामना गर्ने छ भने टोटनह्याम प्रिमियर लिगको पुछारमा रहेको क्रिस्टल प्यालेससँग भिड्दै छ ।

October 1, 2024

रोनाल्डो र मानेको गोलमा नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणको खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कतारको अल रेयान क्लबलाई नासरले सोमवार भएको खेलमा २-१ ले पराजित गरेको छ । अल अवाल पार्क रियादमा भएको खेलमा नासरलाई जिताउन साडियो माने र रोनाल्डोले गोल गरे । रेयानका लागि […]

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

Success

Thank you for your time.