7 years ago
November 1, 2017
कोल्हुवा (हाम्रो खेलकुद) –विमल राना एक्लैले चार गोल गरेको खेलमा विजयी हुँदै देशभक्त युवा क्लब तेस्रो राइनो गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।
आयोजक नन्द भाउजु उपभोक्ता समितिलाई ५–१ ले हराउँदै देशभक्तले नवलपरासीको कोल्हुवामा जारी प्रतियोगिताको अन्तिम आठको यात्रा तय गरेको हो । खेलमा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्दी क्लबबाट व्यवासयिक फुटबल खेल्दै आएका विमल नायक बनेका थिए ।
खेलको छैटौं मिनेटमा नै चुडामणी चौधरीको गोलबाट अग्रता लिएको देशभक्तका लागि विमलले पहिलो हाफमा गोल गरे । दोस्रो हाफमा विमले ३ गोल थपे भने आयोजक टोलीका लागि सागर मल्लले ८० औं मिनेटमा गोल फर्काए ।
प्रतियोगितामा बिहिबार काठमाडौंका दुई टोली ए डिभिजनको सरस्वती क्लब र बी डिभिजनको ब्वाइज युनियनबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
February 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता सुरु भएको छ। विकास बोहोराले ५ गोल गरेको उद्घाटन खेलमा नेपाल एपिएफ स्कुल कीर्तिपुर ‘क’ ले पुष्प सदन बोर्डिङ स्कुललाई ९–० ले पराजित गर्यो। एपिएफका विनम खम्चा, दिपेश गुरुङ, सागर खत्री र अमन भगतले समान १ गोल गर। एपिएफका विकास प्लेयर अफ […]
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]