default_image

7 years ago

November 1, 2017

नेयमार रियल जाने हल्ला फेरि चर्चामा

36 views

0 Bookmark

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) मा पूर्ण रुपमा सन्तुष्ट हुन नसकेका ब्राजिलियन स्टार नेयमार रियल म्याड्रिड जाने योजना बनाइरहेको डन बालेनले समाचार प्रकाशित गरेको छ । त्यहि विषयलाई लिएर नेयमारका बाबुले रियलका अध्यक्ष फ्लोरिटिनो पेरेजलाई भेटेको बताइएको छ ।

neymar

पिएसजीका प्रशिक्षक उनी इमरीसँग पनि नेयमार त्यत्ति प्रभावित नरहेको बताइएको छ । उनको ट्याटिक, खेलाउने शैली र खास गरि टोलीमा नेयमारको भूमिका स्थापित गराउन नसकेका कारण उनी सन्तुष्ट हुन सकेका छैनन् । त्यसमाथि अर्का स्ट्राइकर इडिन्सन काभानीसँग पनि नेयमारको सम्बन्ध सुरुआत मै राम्रो हुन सकेन । एउटा खेलमा पेनाल्टी कसले हान्ने भन्ने विषयमा विवाद परेयता उनीहरुबीचको सम्बन्धलाई लिएर धेरै अडकलवाजीहरु भइरहेका छन् ।

यी सब हल्लाका वावजुद पनि नेयमार अझै पिएसजीमै स्थापिन हुने कोसिस गरिरेहेको र टोलीलाई च्याम्पियन्स लिग जिताउन लागि पर्ने मनसायमा छन् । जसले उनलाई बालोन डि’ ओरको दाबेदार पनि बनाउन सक्नेछ । यदि यो सिजन सोचे जस्तो सफलता प्राप्त गर्न सकेनन् भने उनी अर्को सिजन भने अन्य क्लबमा जान सक्ने सम्भावना रहेको समाचारहरु प्रकाशित भएका छन् ।

नेयमार क्लबमा सन्तुष्ट छैनन् भन्ने समाचार आइरहेपनि उनले नयाँ क्लबमा प्रदर्शन भने उच्च गर्दै आएका छन् । पिएसजीका लागि १२ खेलमा ११ गोल गरिसकेका उनले ८ गोलमा एसिस्ट गरिसकेका छन् । लिग १ को शीर्षस्थानमा रहेको पिएसजी सहज रुपमा च्याम्पियन्स लिगको नकआउट चरणमा समेत पुगिसकेको छ ।

September 27, 2024

एन्फा महिला लिग – आर्मीसँग कर्णालीको हार

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणको सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रवार भएको पहिलो चरणको लिगको आफ्नो अन्तिम खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ५-० को सहज जित हासिल गर्यो । आर्मीको जितमा चन्द्रा भन्डारी, अमिषा कार्की, विमला चौधरी, दिपा राई र दिपा शाहीले गोल गरे […]

September 27, 2024

रश्मीको ४ गोलमा एपिएफको सहज जित

काठमाडौं(हाम्रो खेलकुद) – रश्मी कुमारी घिसिङको ४ गोलको मद्दतमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको पहिलो चरणमा सुखद अन्त्य गरेको छ । एपिएफ पहिलो चरणको लिगको शीर्ष स्थानमा रहेन क्रममा अपराजित रह्यो । खेलेको ९ मध्ये ८ खेलमा जित निकालेको एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग बराबरीमा खेलेको थियो […]

September 27, 2024

टोटनहमको सहज जित

एजेन्सी – इङ्ग्लिस क्लब टोटनहम ह्ट्सपरले युरोपा लिगमा आफ्नो पहिलो खेलमा अजरवैजानि क्लब काराबागलाई सहज रुपले पराजित गरेको छ । १० खेलाडीमा सिमित टोटनहमले कारबागलाई ३-० ले पराजित गरेको हो । टोटनहमको घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जित दिलाउँन ब्रेनन जोन्सन, डोमिनिक सोलान्के र पेपे सरले गोल गरे । खेलको आठौं मिनेटमा टोटनहमका डिफेन्डर राडु […]

Success

Thank you for your time.