default_image

7 years ago

November 1, 2017

म्यानचेस्टर युनाइटेड विजयी, चेल्सी रोमासँग पराजित

51 views

0 Bookmark

म्यानचेस्टर (एजेन्सी) – च्याम्पियन्स लिग समूह ‘ए’ अन्तर्गत इङ्ग्लिस टोली म्यानचेस्टर युनाइटेडले पोर्चुगलको बेन्फिकालाई २-० ले हराएको छ । युनाइटेडका लागि डेलि ब्लिन्डले एक गोल गरे भने अर्को गोल आत्मघाती गोल भएको थियो ।

खेलको पहिलो हाफमा बेन्फिकाका गोलकिपर मिले स्भिलारले एन्थोनियो मार्सियालको पेनाल्टी बचाऊ गर्दै युनाइटेडलाई अग्रता लिन वञ्चित गरेका थिए । तर पहिलो हाफको अन्तिम मिनेटमा निमान्या म्याटिचको पोस्टमा लागेर फर्केको बल उनलाई लागेर आत्मघाती गोल भएको थियो ।

युनाइटेडले दोस्रो हाफमा पनि अर्को पेनाल्टी पाउन सफल भयो । सो पेनाल्टि भने डिफेन्डर डेलि ब्लिन्डले लिँदै गोलमा परिणत गरे । यस नतिजासँगै युनाइटेडको चार खेलमा चार जित छ । बेन्फिका भने अझै अंक विहीन नै रहेको छ ।

त्यस्तै अर्को इङ्ग्लिस टोली चेल्सी भने गए राति च्याम्पियन्स लिगमा इटालियन टोली एएस रोमासँग ३-० ले पराजित हुन पुग्यो । चेल्सी खेलको पहिलो मिनेटमै स्टेफेन एल-शारावीको गोलबाट खेलमा पछि परेको थियो ।

राड्जा नाइगोलानको पासको सदुपयोग गर्दै एल-शारावीले नै ३६ औँ मिनेटमा रोमाको अग्रता दोब्बर बनाएका थिए । त्यस्तै खेलको ६३ औँ मिनेटमा एलेक्जान्डर कोलारोभको पासमा डिएगो पेरोट्टिले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

यस जितसँगै ४ खेलमा ८ अंकसहित रोमा समूह सीको शीर्ष स्थानमा उक्लेको छ भने ७ अंकका साथ चेल्सी दोस्रोमा रहेको छ । समूहको अर्को खेलमा एट्लेटिको म्याड्रिड काराबागसँग १-१ मा रोकिँदा चेल्सीलाई फाइदा पुगेको हो ।

October 1, 2024

रोनाल्डो र मानेको गोलमा नासरको जित

एजेन्सी – क्रिस्टियानो रोनाल्डोले गोल गरेको खेलमा साउदी अरेबियाको अल नासरले एएफसी च्याम्पियन्स लिग एलिटको समूहचरणको खेलमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ । कतारको अल रेयान क्लबलाई नासरले सोमवार भएको खेलमा २-१ ले पराजित गरेको छ । अल अवाल पार्क रियादमा भएको खेलमा नासरलाई जिताउन साडियो माने र रोनाल्डोले गोल गरे । रेयानका लागि […]

September 30, 2024

एन्फा भन्छ- ‘६ युवा खेलाडीको स-सम्मान अन्त्येष्टि गरिनेछ’

काठमाडौं (हाम्रो खेलकुद)- वर्षाका कारण आएको पहिरो परि मृत्यु भएका एन्फा एकेडेमी सिस्नेरीका ६ युवा खेलाडीको अन्तिम संस्कारका लागि प्रक्रिया अघि बढाइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। असोज ११ र १२ गतेको वर्षाका कारण मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै […]

September 30, 2024

युनाइटेडमाथि टोटनहमको जित

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) म्यानचेस्टर युनाइटेड टोटनहम ह्ट्सपरसँग पराजित भएको छ । आइतवार राति भएको खेलमा युनाइटेड टोटनहमसँग ३-० ले पराजित भएको हो । इपिएलमा युनाइटेडको यो तेस्रो हार हो। युनाइटेडको मैदानमा टोटनहमलाई जित दिलाउन ब्रेनन जोनसन, डेजन कुलुसेभस्की र डोमिनिक सोन्लकेले गोल गरे । खेलको तेस्रो मिनेटमा नै जोनसनले गोल गर्दै टोटनहमलाई अग्रता […]

Success

Thank you for your time.