7 years ago
October 29, 2017
भद्रपुर (हाम्रो खेलकुद) – प्रथम झापा जिल्ला एकाडेमी स्तरीय नकआउट फुटबल प्रतियोगिताबाट झन्डै साढे ४ लाख रुपैयाँ बचत भएको बताइएको छ । झापाको भद्रपुरको मुनाल क्लबले सञ्चालन गरेको चन्द्रगढी फुटबल एकाडेमीले आयोजना गरेको गत महिना आयोजना गरेको प्रतियोगिताबाट ४ लाख ४६ हजार ३१ रुपैया बचत भएको प्रतियोगिता संयोजक युगलकिशोर राईले जानकारी दिएका छन् ।
पहिलो प्रयासमा नै सफलता प्राप्त गरेपछि दंग परेका संयोजक राईले दोस्रो संस्करण लिग कम नकआउटका आधारमा गर्ने बताएका छन् । ‘स्थानिय खेलाडीलाई बढी भन्दा बढी मौका दिने उद्देश्यका साथ लिग कम नकआउट गर्ने योजनामा छौं, ‘उनले भने, ‘केही वर्षपछि हामी होम एन्ड अवेमा पनि पक्कै जानेछौं । त्यसले जिल्लामा कम्तीमा ३(४ महिना खेलाडी व्यस्त हुनेछन् ।’
जिल्लाका फुटबल एकेडेमी सम्मिलित पहिलो संस्करण मेची रंशगालामा गत असोज २ देखि ११ गते सञ्चालन भएको थियो । प्रतियोगितामा १२ लाख २९ हजार १ सय ४१ रुपैयाँ आम्दानी भएको बताइएको छ । प्रतियोगितामा विदेशमा रहेका नेपालीले १ लाख ५५ हजार ५ सय ५ रुपैयाँ, विभिन्न संघसंस्था र व्यक्तिगत सहयोगबाट ५ लाख ७९ हजार ९ सय ५१ रुपैयाँ आम्दानी भएको थियो ।
त्यस्तै टिकट बिक्री, पार्किङ शुल्कबाट ४ लाख ७३ हजार ५ सय ८५ रुपैया संकलन भएको संयोजक राईले बताए । बचत रकमलाई फुटबल एकाडेमीमा खर्च गरिने कोषाध्यक्ष हिम्मत पाण्डेले जानकारी दिए । चन्द्रगढी फुटबल एकाडेमीबाट उत्पादित खेलाडीको स्तरवृद्धि र एकाडेमी सञ्चालन गर्ने उदेश्यले यस प्रतियोगिताको आयोजना गरिएको पाण्डेले स्मरण गरे ।
अहिले एकेडेमीमा नगरभित्रका १ सय २० खेलाडीले प्रशिक्षण लिइरहेको बताइएको छ । खेलाडी उत्पादनको लागि आर्थिक पक्ष ठूलो चुनौती रहेको पूर्व राष्ट्रिय खेलाडी समेत रहेका राईले अनुभव छ । उनले देशकै नमुना एकाडेमीको रुपमा परिचित गराउने लक्ष्य राखिएकाृ पनि सुनाए । यसैबीच, तिहारमा देउसी भैलोबाट पनि एकेडेमीले ५० हजार रुपैयाँ बचत गरेको छ । एकेडेमीमा अहिले ५ लाख रुपैयाँ रहेको जनाइएको छ ।
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]
February 2, 2025
एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]